स्रष्टा सम्मान तथा कृति लोकार्पण सम्पन्न

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाल वाङ्मय परिषद्ले एक समारोेहबीच स्रष्टा सम्मान तथा कृति लोकापर्ण कार्य सम्पन्न गरेको छ । काठमाडौंमा नेपाली वाङ्मय साधना सम्मान तथा पद्मा-रामचन्द्र लघुकथा सम्मान वितरण गरिएको हो ।

संंस्थाका अध्यक्ष डा. पुष्करराज भट्टको अध्यक्षतामा सम्पन्न सो समारोहको सञ्चालन सचिव दीपसागर पन्तले गर्नुभएको थियो । इन्दिरा ढकालको स्वागत मन्तव्य एवं गीत गायन रहेको समारोहमा रघुनाथ कडरियाले सम्मानित प्रतिभाको जीवनी र व्यत्तित्वमाथि प्रकाश पार्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि निनु चापागाईंंले नेपाली वाङ्मय साधना सम्मान (२०७७)बाट मातृका पोखरेल, नेपाली वाङ्मय साधना सम्मान (२०७८)बाट डा.अमर गिरी, नेपाली वाङ्मय साधना सम्मान (२०७९)बाट प्रा.डा.हेमनाथ पौडेललार्ई सम्मानित गर्नुभयो । त्यस्तै पद्मा–रामचन्द्र लघुकथा सम्मान (२०७९)बाट नेपाल भाषाका लघुकथाकार श्याम आशालाई सम्मान प्रदान गर्नुभयो । नेपाली वाङ्मय साधना सम्मान र पद्मा–रामचन्द्र लघुकथा सम्मानको राशी १० हजार रुपैयाँ रहेको छ ।

कार्यक्रममा लघुकथाकार श्याम आशाका रचनालाई रासाले नेपाल भाषाबाट नेपालीमा अनुवाद गर्र्नुभएको लघुकथा कृति अघोषित आवाजको समेत विमोचन गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि निनु चापागाईंले नेपालको राजनीतिमा देखा परेको मूल्य विघटनको असर साहित्य क्षेत्रमा पनि परेकोले सबैले यसतर्र्फ सचेत हुनुपर्र्ने बताउनुुभयो । कार्यक्रमा विशिष्ट अतिथि प्रा.जगतप्रसाद उपाध्याय, अतिथि नन्दकृष्ण जोशी, सम्मानित प्रतिभाहरू मातृका पोखरेल, डा.अमर गिरी, प्रा.डा.हेमनाथ पौडेलले आ-आफ्ना विचार एवं रचना प्रस्तुत गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?