ताप्लेजुङ । नेकपा एमाले नेता योगेश भट्टराईले एमाले कार्यकर्ता बिमल कार्कीलाई अपहरण गरी हत्या गरिएको दाबी गर्नुभएको छ ।
मिक्काखोला गाउँपालिका–१ खोक्लीङमा कार्की मृत फेला परेका थिए ।
स्थानीय २४ वर्षीय कार्की बाटोबाट ३०० मिटर तल भीरमा मृत फेला परेका थिए । सामाजिक सञ्जालमार्फत नेता भट्टराईले निर्वाचनमा मतदान गर्न जाने क्रममा एमाले कार्यकर्ता कार्कीलाई अपहरण गरी बेपत्ता बनाई शारीरिक तथा मानसिक यातना दिई क्रुरतापूर्वक हत्या गरिएको लेख्नुभएको छ ।
घटनाका दोषीलाई तत्काल पक्राउ गरी कानुनअनुसार कारवाही गर्न स्थानीय प्रहरी प्रशासनलाई उहाँले आग्रह समेत गर्नुभएको छ ।
बुधबार साँझ हान्द्रुङ बजारबाट आफ्नो घर दुङजा फर्कैदै गरेका कार्कीको शव राति १२ बजेतिर खुर्साने पाखामा फेला परेको ताप्लेजुङ प्रहरीले जनाएको छ ।
ताप्लेजुङ प्रहरी प्रमुख कैलाश राईले प्रारम्भिक अनुसन्धानमा बाटोबाट खसेर मृत्यु भएको देखिएको बताउनु भयो ।
‘शव पोष्टमार्टमको लागि सदरमुकाम ल्याउँदैछौं । अहिलेको प्रारम्भिक अनुसन्धानअनुसार बाटोबाट झरेर मृत्यु भएको देखिएको छ । थप अनुसन्धान जारी छ,’ प्रमुख कार्कीले भन्नुभयो ।
उनको मृत्युको कारण पोष्टमार्टमपछि मात्रै थाहा हुने उहाँको भनाइ छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
गल्तीलाई आत्मसात गर्ने कि अझै
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
देशले प्रधानमन्त्री भएको हेर्न चाहेको