वीर अस्पताललाई उपकरण हस्तान्तरण

Read Time = 2 mins

काठमाडौं । देशको जेठो स्वास्थ्य प्रदायक संस्था वीर अस्पताललाई चिकित्साजन्य उपकरण हस्तान्तरण गरिएको छ । काठमाडौंस्थित ईश्वर मन्दिर संस्थाले दुई थान इलेक्ट्रोलाइट एनालाइजर उपकरण उपलब्ध गराएको हो । उपकरण हस्तान्तरण समारोहमा संस्थाका संरक्षक तथा पूर्वअर्थमन्त्री शंकरप्रसाद कोइरालाले बिरामीको ठूलो चाप धान्दै आएको मुलुकको ऐतिहासिक अस्पताललाई उपचार सेवामा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले सरकारी विद्यालयमा पढिरहेका विद्यार्थीका लागि इलर्निङ सेन्टर स्थापना गरी उनीहरूको क्षमता विकासमा जोडिन पाउँदा खुसी लागेको बताउनुभयो । अस्पतालका कार्यकारी निर्देशक डा. भुपेन्द्र बस्नेतले वीर अस्पतालमा उपचार गर्न आउने अधिकांश विपन्न वर्गका जनता हुने भएकाले यस्ता उपकरणको सहयोगले उपचार सेवा थप प्रभावकारी हुने बताउनुभयो ।

उपकरणको अभावमा धेरै रोगीको ज्यान जाने गरेको दृष्टान्त दिँदै संस्थाका अध्यक्ष प्रमेश केसीले उपकरण उपलब्ध भएसँगै अस्पतालको सेवा थप प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।

विभिन्न संवेदनशील रोगको रक्त परीक्षणमा उपयोग हुने सो उपकरणको बजार मूल्य आठ लाख पर्ने बताइएको छ । उक्त उपकरण अस्ट्रेलियामा रहेका नेपालीहरूको साझा संस्था अम्याजिङ प्यारेन्टसले उपलब्ध गराएको हो । सो संस्था बालबालिका बहुआयामिक विकासका क्षेत्रमा कार्यरत छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?