अस्ट्रेलियाविरुद्ध टी-२० सिरिज खेल्ने भारतीय टिमको घोषणा, सूर्यकुमार बने कप्तान

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । भारतले अस्ट्रेलियाविरुद्धको टी-२० सिरिजका लागि टिमको घोषणा गरिएको छ ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्डले अस्ट्रेलियाविरुद्धको सिरिजका लागि सूर्यकुमार यादवको कप्तानीमा टिमको घोषणा गरेको हो ।

टिममा अनुभवी विकेटकिपर ब्याट्सम्यान सञ्जु सामसनलाई फेरी नजरअन्दाज गरिएको छ भने विश्वकप खेल्न नपाएका स्पीनर युजवेन्द्र चहललाई पनि स्थान दिइएको छैन ।

सार्वजनिक गरिएको टोलीमा एक दिनअघि समाप्त भएको एकदिवसीय विश्वकप टोलीबाट सूर्यकुमार, इशान किशन र प्रसिद कृष्णसहित ३ खेलाडीले मात्र स्थान पाएका छन् । विश्वकप खेलेका श्रेयस अय्यर अन्तिम दुई खेलमा टिममा समावेश हुने र उनलाई उपकप्तानको जिम्मेवारी दिइएको छ । पहिलो ३ खेलमा रुतुराज गायकवाडलाई उपकप्तान बनाइएको छ ।

अष्ट्रेलियाविरुद्धको टी-२० सिरिज नोभेम्बर २३ बाट सुरु हुँदैछ । पहिलो खेल विशाखापट्टनममा हुनेछ । दोस्रो खेल त्रिवान्तपुरममा नोभेम्बर २६ मा, तेस्रो खेल गुहाटीमा नोभेम्बर २८ मा, चौथो खेल रायपुरमा डिसेम्बर १ मा र  पाँचौं खेल बेंगलुरुमा डिसेम्बर ३ मा हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?