मेगा बैंक र आइडिईबीच सम्झौता

Read Time = 2 mins

काठमाडौं । मेगा बैंकले साना किसानको कृषि व्यवसाय प्रवद्र्धन गर्न डिजिटल बैंकिङमार्फत् वित्तीय सहयोग प्रदान गर्ने उद्देश्यका साथ आइडिई नेपालसँग सम्झौता गरेको छ ।

मेगा बैंककी कामु प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र आइडिई नेपालका नेपाल प्रमुख कोरी ओ हाराले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ । सम्झौतासँगै मेगा बैंकले विदेशबाट फर्केका आप्रवासी कामदार एवं साना तथा मझौला किसानलाई व्यवसाय विस्तार गर्न वा नयाँ उद्यम-व्यवसाय गर्न आइडिई नेपालको सिफारिसमा सहुलियतपूर्ण कर्जा प्रदान गर्नेछ ।

बैंकले साना तथा मझौला कर्जा एवं नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण व्याज अनुदान कर्जा निर्देशिका र बैंकको सहुलियतपूर्ण व्याज अनुदान कर्जा कार्यविधिको अधिनमा रही सहुलियतपूर्ण कर्जा प्रदान गरिने जनाएको छ ।

बैंककी कामु प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले लघु, घरेलु एवं साना तथा मझौला उद्यमीलाई व्यवसाय विस्तार गर्न आवश्यक कर्जा प्रदानका साथै सहुलियतपूर्ण कर्जा सेवा विशेषगरी बैंकको सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका सात जिल्ला कञ्चनपुर, कैलाली, सुर्खेत, बर्दिया, बाँके, दाङ र कपिलवस्तुमा रहेका बैंकका शाखामार्फत् छिटोछरितो सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

आइडिई नेपालसँगको सम्झौताअन्तर्गत मेगा बैंकले प्रवद्र्धन गर्दै आएको डिजिटल बैंकिङ उपकरण ‘मेगा किसान कार्ड’ मार्फत् २५ सय किसानलाई किसान कार्ड वितरण गर्ने लक्ष्य लिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?