होन्डाको नयाँ अफर

Read Time = 1 min

काठमाडौं । होन्डा छ साथ साथ भन्ने नाराका साथ नेपालस्थित होन्डा टु हिृवलर्सको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले आकर्षक ग्राहकमुखी उपहार योजना ल्याएको छ । सातै प्रदेशका ग्राहकले सहभागिता जनाउन सक्ने योजनाअन्तर्गत प्रत्येक होन्डा मोटरसाइकल तथा स्कुटर खरिदमा स्क्र्याच कुपनमार्फत् एक लाखसम्मको क्यासब्याक प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

योजना अवधिभर होन्डा मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकमध्ये प्रत्येक प्रदेशबाट एक-एकजना गरी सातै प्रदेशबाट सातजना ग्राहकले लक्की ड्रमार्फत् आकर्षक सामसुङ ए ५० मोबाइल फोन तथा एएमसी कुपन प्राप्त गर्न सक्ने बताइएको छ । साथै बम्पर लक्की ड्रमार्फत् एक भाग्यशालीले नगद सात लाख पाउनेछन् । योजना जेठ १७ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?