शासकलाई नभइ सेवकलाई छानेर भोट हाल्न नेता सिंहको आग्रह

Read Time = 2 mins

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले शासकलाई नभइ सेवकलाई छानेर भोट हाल्न आग्रह गर्नुभएको छ ।
शुक्रवार क्षेत्रपाटीको पक्नाजोल मतदान स्थलबाट मतदान गर्दै सेवकलाई छानेर भोट हाल्न मतदाताहरुसँग आग्रह गर्नुभएको हो । नेता सिंहले अब आउने नयाँ नेतृत्वले काठमाडौंका हरेक समस्यालाई समाधान गर्नुपर्ने चुनौति रहेकोले मतदाताहरुले रोजेर आफूलाई योग्य लागेका व्यक्तिलाई मत दिएर जिताउनेछन् भन्नेमा आफू विश्वस्त रहेको बताउनु भयो ।

नेता सिंहले भन्नुभयो, ‘शासकभन्दा सेवकलाई छानेर घोट गर्नुहुनेछ भन्ने विश्वास छ । काठमाडौं महानगरपालिकाको समस्यालाई सम्बोधन गर्नको लागि नयाँ टिमले काम गर्नेछ । राजनीतिक स्थिरता कुन पार्टीलाई दिँदा हुन्छ भन्ने हिसावले भोट हाल्न मतदातालाई आग्रह गर्दछु ।’

सत्ता गठबन्धनको तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरमा नेपाली काँग्रेसकी नेतृ सिर्जना सिंह उम्मेदवार हुनुहुन्छ । स्थानीय तहको निर्वाचन आज देशभर ७५० वटा स्थानीय तहमा भइरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?