धार्मिक र सामाजिक चेतना जगाउने ‘द केरला स्टोरी’

Read Time = 16 mins

दक्षिणी छिमेकी भारतमा अहिले एउटा फिल्मको कथाले त्यहाँको राजनीतिक एवं सामाजिक जीवनलाई तरंगित पारेको छ । ‘द केरला स्टोरी’ नामक यस फिल्मको कथामा केरलाका हिन्दू र इसाई केटीलाई केही मुस्लिम केटी साथीको सहयोगमा ईश्लाम धर्म प्रचारकहरूले आफ्नो प्रेमजाल (लभ-जेहाद) मा पारी तिनलाई आइएस आइएस जस्तो खुंखार आतंकवादी संगठनको सदस्य बन्नसमेत बाध्य पारेको र युद्ध मैदानमा समेत झोकेको कथा देखाएको छ । हिन्दूबाट मुसलमान बनेकी महिलालाई आइएस आइएसका लडाकुको शिविरमा समेत पठाइएको, यौनदासी बन्ने अवस्था आएको, लोग्नेले धोका दिएको तथा अन्त्यमा माइतीपक्षसित पनि सम्बन्ध बिग्रिएको र ससुराली पक्षमा पनि बस्न नसकिएका कारण बाध्य भएर आत्महत्या गर्नुपरेको अथवा विदेशको जेलमा नागरिक जीवन बिताउनु परेको कथा फिल्ममा देखापरेको छ ।

फिल्मकी नायिकाले आफ्ना आमाबुबाले आफूलाई सुरुमा हिन्दू धर्म संस्कृतिको बारेमा शिक्षित गराएका भए आफूसित पनि आफ्नो सनातन धर्मको बारेमा पर्याप्त जानकारी रहेको हुनेथियो र सजिलै कसैले कन्भिन्स गरी धर्म परिवर्तन गराउन सफल हुनेथिएन भने दुःखेसो पोखेकी छिन् साथै आफ्ना अभिभावकको पनि गलती देखाइएको ‘द केरला स्टोरी’ फिल्मसित नेपालको खासै साइनो छैन तर देशमा धर्म परिवर्तनका घटनाहहरू भइरहेका छन । पहाडी जिल्लामा हिन्दूबाट इसाई बन्ने क्रम तीव्ररूपमा बढेको छ । हिन्दू केटीहरू मुसलमान केटासँग विवाह गर्ने प्रचलन बढेको छ ।

भोलिका दिनमा नेपाली चेलीबेटीहरूले पनि धर्म परिर्वतन गरी मुसलमान भएपछि द्वन्द्वग्रस्त मध्य एशियाका देश जाने अवस्था नआओस् भन्ने दिशामा हाम्रो ध्यान जानु आवश्यक छ । आखिर ‘द केरला स्टोरी’ जस्तो घटना किन हुन्छ ? यस दिशामा पनि हाम्रो ध्यान जानु आवश्यक छ । नेपालमा पनि धेरै धार्मिक र सामाजिक संगठनहरू अस्तित्वमा आइरहेका छन् जसको उद्देश्य धर्म परिवर्तन नै रहेको छ । राष्ट्रिय झण्डालाई अघि सारेर त्यसको आडमा धार्मिक गतिविधि बढाउने काम भइरहेको छ ।

डेढ दशक अघिसम्म नेपाल विश्वको एकमात्र हिन्दू राष्ट्र थियो । जनआन्दोलन-२ को सफलतापछि देशलाई धर्मनिरपेक्ष घोषित गरियो । हुन त सनातन धर्ममा नै यति बढी उदारता र सहिष्णुता छ कि यसले सबै किसिमको धार्मिक अभ्यासलाई स्वतन्त्रता प्रदान गरेको छ ।

केरलालाई भारतको सर्वाधिक शिक्षित राज्य मान्निछ । शिक्षासँगै त्यहाँ उदारता पनि व्यापक रूपमै रहिआएको छ । केरलामा हिन्दूभन्दा बढी जनसंख्या मुसलमान र इसाईहरूको रहेको छ तसर्थ पनि त्यहाँ हिन्दू र इसाईहरू बढी उदार रहिआएका छन् तर त्यहाँका मुसलमान भन्ने बाहृय रूपमा त आफूलाई उदार नै भएको देखाउने गरेको छन् तर आन्तरिक रूपमा भन्ने धार्मिक कट्टरतालाई नै बढावा दिएका छन् । भारतको विभाजनपछि पनि केरलामा मुस्लिम लिगको प्रभाव रहिआएको छ । केरलामा तिनको संख्या बढ्दै गएको छ । केरलाका मानिस अलि बढी नै खुला र उदार हुन्छन् खास गरी हिन्दू र इसाईहरू । मुसलमानहरूको प्रवेश पनि भारतमा पहिले केरलाबाटै भएको मानिन्छ ।

केरलाका मानिसहरू नै भारतबाट वैदेशिक रोजगारमा पहिले मध्यएशियाका देशहरूमा गएका थिए । यसरी त्यहाँ जानेहरूमा इसाई र हिन्दूहरू पनि थिए । मुसलमानहरू त्यहाँ जानु त स्वाभाविक नै थियो । मध्यपूर्वका देशमा जागिरका लागि गएका केरलाबासीभित्र रहनसहन, खानपान, व्यवहार र पारिवारिक निकटता बढ्दै गएको थियो । अरब राष्ट्रहरूमा त्यतिबेला नै वहावी शिक्षा र इस्लामिक अतिवादले महत्वपाएको थियो । वैदेशिक रोजगारमा गएका मुसलमानमा यस कट्टरताको प्रभाव बढ्दै गयो, त्यहाँबाट फर्केर आएका दक्षिण एशियाका मुसलमानमा पनि यो कट्टरता बढ्दै गयो । आर्थिक लोभको आकर्षण प्रमुख कारण थियो ।

डेढ दशक अघिसम्म नेपाल विश्वको एकमात्र हिन्दू राष्ट्र थियो । जनआन्दोलन-२ को सफलतापछि देशलाई धर्मनिरपेक्ष घोषित गरियो । हुनत सनातन धर्ममा नै यति बढी उदारता र सहिष्णुता छ कि यसले सबै किसिमको धार्मिक अभ्यासलाई स्वतन्त्रता प्रदान गरेको छ । नास्तिक मतसित पनि यसको कहिलै भेदभाव रहेन । तर्कवितर्क, गहन छलफल र बहसलाई यसले सहज रूपमा स्वीकार गरेको छ । हिन्दू धर्म स्वयं ज्ञान र विज्ञानको महासागर रहेको छ तर ९० प्रतिशतभन्दा बढी सनातन धर्म मान्नेहरू आफ्नै धर्मशास्त्रको अध्ययन गर्दैनन् । हिन्दू धर्ममान्नेहरूको घरमा पनि धार्मिक विषयमा खासै छलफल भइरहेको हुँदैन फलस्वरूप नयाँ पुस्ताका बालबालिकालाई आफ्नो धर्मशास्त्रको बारेमा जानकारी रहेको हुँदैन ।

जबकि यसको ठीकविपरीत गैरहिन्दूहरू नियमित रूपमा आआफ्नो धार्मिक स्थलमा जाने गर्दछन् र धर्मगुरुबाट धार्मिक शिक्षा लिन्छन् । आफ्नो धर्मशास्त्रको अध्ययन पनि गर्दछन् । सामी हिन्दूहरू आफ्नो घरभित्र अथवा पूजा कोठामा रातो कपडामा बेरेर गीता, रामायण र धर्मशास्त्रहरूलाई सुरक्षित राखेका हुन्छौं । समय-समयमा अथवा दैनिक रूपमा फूल-अक्षत पनि चढाउने गर्दछौं, धूप अगरबत्ती पनि देखाउँछौं तर त्यसलाई खोलेर पढ्दैनौं । कुनै गैरहिन्दूहरू सनातन धर्मबारे गलत टिप्पणी गर्दा पनि हामी चुपचाप सहन गर्छौं र विनाकारण आफ्नो धर्मलाई गाली पनि दिन थाल्छौं । केहीले बाहुनलाई गाली गर्छन् तर यो नै यस समस्याको सामाधान होइन ।

एउटा पढेलेखेका व्यक्ति कम पढेलेखेका ब्राहृमणभन्दा राम्ररी धर्मशास्त्रको बारेमा समाजलाई जानकारी गराउन सक्छन् र समाजलाई सुसूचित एवं शिक्षित बनाउन सक्छन् । तसर्थ प्रत्येक सनातनीले धर्मशास्त्रहरूको अध्ययन गर्नुपर्छ । सातामा एकपटक कुनै धार्मिक स्थलमा गई यस विषयमा छलफल अथवा टीकाटिप्पणी हुनुपर्छ । हामीले हाम्रा सन्तानलाई धर्मशास्त्रहरूको बारेमा जानकारी गराउनुपर्दछ, पढ्न प्रेरित गनुपर्छ अन्यथा जानकारीको अभावमा हाम्रा सन्तानहरू गलत साथीको चपेटामा परी धर्मपरिर्वतन गरी इसाई अथवा मुसलमान बन्न सक्दछन् । हाम्री चलीबेटीले कुनै गैरहिन्दू केटासित बिहे गरिन् भने तिनको जीवन नर्कतुल्य पनि हुन सक्दछ ।

हालै दक्षिण भारतको सर्वाथिक शिक्षित प्रदेश केरलामा भएका धर्मपरिवर्तनका घटना र आतंककारी घटनामा नयाँ दम्पतीको संलग्नता, धर्म परिवर्तन गरी मुसलमान बनेकी केटी आइएसआइएसका आतंकवादीसम्म बन्ने अवस्था आउनुले जो कोहीलाई आफ्नो सन्तानको भविष्यको चिन्ता गर्न बाध्य पारेको छ । सम्भव भएसम्म आफ्नो बच्चालाई पढाइलेखाइमा मात्र ध्यान केन्द्रित गर्न प्रेरित गर्नुपर्ने अवस्था देखिएको छ ।

धर्मशास्त्र र संस्कारहरूको गहिरो जानकारी दिनु आवश्यक छ । सम्भवतः फिल्मका हिरोइनहरूलाई सनातन धर्मका बारेमा, हिन्दू संस्कृतिको बारेमा गहिरो जानकारी गराइएको भए उनीहरू सजिलै विधर्मीको सुनियोजित षड्यन्त्रको शिकार हुने थिएनन् । न त मुसलमान केटासित बिहे नै गर्ने थिइन्, न त धर्म परिवर्तन गरेर मुसलमान नै बन्ने अवस्था आउँथ्यो, न आइएसआइहरूको आतंकवादी नै बन्ने अवस्था आउँथ्यो र नारकीय जीवन बिताउनुपर्ने थियो ।

बहावी शिक्षाको प्रसारका लागि अरब राष्ट्रहरूले दक्षिण एशियालगायतका देशहरूमा पैसाको खोलो नै बगाएका थिए । यस पैसाले समाजमा इस्लामिक धर्मान्धता अथवा कट्टरतालाई बढावा दिने काम मात्रै गरेन अपितु हिन्दू र इसाईहरूलाई इस्लाम धर्ममा प्रवेश गरेमा मोटो रकम दिने प्रस्ताव गरियो । अरब राष्ट्रबाट आउने इस्लामिक धर्मप्रचारकहरू (जमातीहरू) भारतमा मात्रै होइन नेपालका गाउँगाउँमा समेत बहावी शिक्षालाई बढावा दिन थाले । एउटा सुनियोजित अन्तर्राष्ट्रिय षड्यन्त्रअन्तर्गत नेपालमा मदरशा शिक्षालाई सरकारी मान्यता दिलाउने काम तीव्ररूपमा बढ्दै गएको छ भने मुस्लिम पर्सनल ल बोर्डको स्थापनाको माग भइरहेको छ ।

एकातिर आदिकालदेखि हिन्दू राष्ट्रको रूपमा प्रसिद्ध रहँदै आएको नेपाललाई धर्मनिरपेक्ष घोषित गरियो भने अब त्यसै नेपालमा मुस्लिम पर्सनल ल बोर्डको माग उठ्न थालेको छ । यसको अर्थ नेपालको संविधान पूर्णरूपमा उनीहरू माथि लागू हुनुनपर्ने भन्ने हो । फौजदारी कानुन त नेपालको मान्ने तर देवानी कानुन उनीहरूको इस्लामिक धर्मशास्त्र अनुसार हुने माग अव्यावहारिक हो । नेपालले कुनै अवस्थामा उपरोक्त मागलाई स्वीकार गर्नु हुँदैन ।

एकातिर आदिकालदेखि हिन्दू राष्ट्रको रूपमा प्रसिद्ध रहँदै आएको नेपाललाई धर्मनिरपेक्ष घोषित गरियो भने अब त्यसै नेपालमा मुस्लिम पर्सनल ल बोर्डको माग उठ्न थालेको छ । यसको अर्थ नेपालको संविधान पूर्णरूपमा उनीहरू माथि लागू हुनुनपर्ने भन्ने हो ।

केरलामा त्यही बहावी शिक्षाको असर भयो र त्यहाँका मुसलमान युवा एवं युवतीहरू अरब राष्ट्रबाट पैसा कमाउन इसाई र हिन्दूका चेलीबेटीलाई आफ्नो मायाजालको पासोमा पार्ने काम गर्न थाले । मुसलमान केटीहरूलाई यसको निम्ति अस्त्र बनाइयो र तिनलाई आफ्ना हिन्दू एवं इसाई केटी साथीलाई इस्लाम धर्ममा प्रवेश गराउन प्रेरित गरियो । केरलाका केही मुस्लिम केटीहरूले आफ्नी हिन्दू साथीसित सनातन धर्मको आलोचना गर्ने, इस्लाम धर्मको प्रशंसा गर्ने, इस्लाम धर्म प्रचारक विवादास्पद व्यक्ति जाकिर नाइकको प्रवचन सुन्न लगाउने लगायतका काम गरी इस्लामतर्फ आकर्षित गर्ने काम गरिन् । केरलाका हिन्दू र इसाई केटी धर्म परिवर्तन गर्नुमा जाकिर नाइकको प्रवचनको ठूलो भूमिका छ ।

नेपालमा पनि उनको प्रवचन विदेशी टेलिभिजन च्यानलमार्फत प्रसारण हुने गरेको छ । आफ्ना मुस्लिम केटी साथीको प्रभावमा आएर ती युवतीहरूले हिन्दू धर्म परिर्वतन गरी इस्लाम भए । इस्लाम धर्म मान्ने केटासित विवाह पनि गरे । अघि नै विवाहित अवस्थामा रहेका ती मुसलमान युवकले हिन्दू र इसाई केटीलाई धर्म परिर्वतन गराई मुसलमान बनाए । त्यसपछि प्रयोग गर्न थाले । मध्यपूर्वको धनी देशमा पु¥याई दिन्छु, त्यहाँ ऐशआराम र मोज गर्न सकिन्छ, थुप्रै पैसा छ, आफ्नो घर छ भन्दै ती केटीलाई मध्यपूर्वको देशमा त लगिन्छ तर फेरि त्यहाँका नयाँ युवकसित बिहे गराइन्छ ।

त्यहाँ गएर भाँडा माझ्ने, लुगाकपडा धुने, झाडु लगाउने, खाना पकाउने र बच्चा जन्माउने मेसिनको रूपमा तिनको प्रयोग गरिन्छ । आइएसआइएस (इस्लामिक स्टेट अफ इरान एण्ड सिरिया) नामक यस आतंकवादी संगठनमा सामेल भएका कारण लोग्ने शहीद हुने, आफू शहिद हुने अथवा दुवैले मृत्यु वरण गर्ने जस्ता अवस्था उत्पन्न हुन सक्छ । कथम् कदाचित युद्धमा पतिको मृत्यु भयो भने ती महिलाहरू त्यहाँबाट भाग्नुको विकल्प हुँदैन ।

अहिले अनागरिक भएर बाँचिरहेका ती महिलाहरूलाई स्वीकार गर्न कुनै पनि देश तयार हुँदैन तसर्थ सर्तक हुनु आवश्यक छ । हाम्रो देश नेपालमा पनि निकै उदारता छ । यो रहनुपर्छ तर आफ्नो धर्म संस्कृतिको बारेमा जानकारी लिनु, दिनु हाम्रो कर्तव्य हो । धर्म परिवर्तनको विरोध हुनुपर्छ, तर देशको संविधानलाई मानेर कानुनको सम्मान गर्नुपर्छ । सम्बन्धित सरकारी निकायलाई आवश्यक जानकारी समय-समयमा गराइरहनुपर्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?