अन्तरबैंक भुक्तानी समय परिवर्तन

Read Time = 3 mins

काठमाडौं । विद्युतीय चेक क्लियरिङ प्रणाली (एनसिएचएल इसिसी) र अन्तरबैंक भुक्तानी प्रणालीको कारोबार समय परिवर्तन भएको छ । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल) द्वारा सञ्चालित उक्त कारोबार जेठदेखि शनिबार र आइतबारको सार्वजनिक बिदालाई मध्यनजर गर्दै एनसिएचएलले शुक्रबार पनि पूर्णरूपमा सञ्चालन हुने जनाएको छ ।

एनसिएचएल-इसिसी प्रणालीको रेगुलर सत्रमा दिउँसो ३ बजेसम्म र एक्सप्रेस सत्रमा दिउँसो ३ बजेसम्म पेश हुन आएमा चेक सोही दिन राफसाफ गरिने कम्पनीले जनाएको छ । हरेक दुई-दुई घण्टाभित्र चेकको राफसाफ गर्न मिल्ने एक्सप्रेस क्लियरिङ दिउँसो ४ बजेसम्म चेक पेश गर्न मिल्ने गरी जम्मा चारवटा एक्सप्रेस क्लियरिङ सत्र सञ्चालन हुनेछन् । त्यस्तै २०-३० करोडसम्मको चेक राफसाफका लागि हाई भ्यालु चेक क्लियरिङ सत्र पनि थप गरी दिउँसो ३ बजेसम्म चेक पेश गर्न मिल्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ । त्यसैगरी एनसिएचएल आइपिएस प्रणालीमा साँझ ५ बजेसम्म प्राप्त भुक्तानी आदेश सोही दिन राफसाफ हुने बताइएको छ ।

बिहान नौ बजेदेखि पाँच बजेसम्म प्राप्त भुक्तानी आदेश हरेक दुई–दुई घण्टामै राफसाफ हुने गरी छोटो अवधिका सत्रहरू पनि थप गरिएको छ । हरेक कार्यदिनको साढे पाँच बजेसम्म प्राप्त बैंकको ट्रेजरी फन्डिङसम्बन्धी भुक्तानी आदेशसमेत सोही दिनमा फछ्र्याैट हुने कम्पनीले जनाएको छ । तोकिएको समयसीमापछि प्रणालीमा पेश हुन आएका कारोबार अर्को कार्य दिनमा राफसाफ हुने व्यवस्था भने यथावत् राखिएको छ । जाडो महिनामा अर्थात् कात्तिक १६ गतेदेखि माघ १५ सम्म आरटिजिएसको समयसीमासँग मिल्ने गरी एनसिएचएल आइपिएस समयसीमा एक घण्टा कम हुनेछ ।

त्यसैगरी रिटेल पेमेन्ट स्विच (आरपिएस/कनेक्ट आइपिएस) मार्फत् हुने रियल टाइम भुक्तानीलाई थप टेवा पु¥याउन बैंकबीच हुने सेटलमेन्टलाई हरेक एक घण्टामा साँझ छ बजेसम्म अर्थात् दिनमा १० पटकसम्म गर्ने व्यवस्था गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?