काठमाडौं र भरतपुर महानगरपालिकामा बिहान ८ बजेदेखि मतगणना हुने

Read Time = 2 mins
A A- A+

काठमाडौं । शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको मत गणना केही जिल्लामा सुरु भएको छ भने केहीमा अहिले बिहान ७ बजेदेखि सुरु हुने भएको छ ।

काठमाडौं र भरतपुर महानगरपालिकामा आज बिहान ८ बजेदेखि मतगणना हुने भएको छ । त्यस्तै , ललितपुरमा अहिले बिहान ७ बजेदेखि मतगणना सुरु हुने भएको छ ।

उता विराटनगर महानागरमा भने बिहान ८ बजेपछि मात्र मतगणना हुने भएको छ । सर्वदलीय वैठकपछि गणना सुरु गरिने भएको हो ।
हेटौंडा उपमहानगरमा बिहान ७ बजेदेखि मतगणना हुने भएको छ ।

चितवनको कालिका र माडी नगरपालिकामा मतगणना जारी छ । त्यसैगरी स्याङ्जाको गल्याङ नगरपालिका र फेदीखोला गाउँपालिकामा पनि मतगणना जारी छ ।

काठमाडौं महानगरपालिकाको मतगणनान गणनास्थलमा राखिने प्रतिनिधि संख्यामा विवाद भएपछि राती सुरु हुन सकेको थिएन ।

त्यस्तै , ललितपुरमा अहिले बिहान ७ बजेदेखि मतगणना सुरु भएको छ ।

उता विराटनगर महानागरमा भने बिहान ८ बजेपछि मात्र मतगणना हुने भएको छ । सर्वदलीय वैठकपछि गणना सुरु गरिने भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?