लो-घेकर दामोदरकुण्ड गाउँपालिकामा एमाले विजयी

Read Time = 1 min

मुस्ताङ । मुस्ताङको लो-घेकर दामोदरकुण्ड गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन्।

एमालेका छोम्पेल विष्टले ६८९ मत ल्याएर गाउँपालिकाको अध्यक्षमा विजयी हुनुभएको हो ।

सत्तारुढ गठबन्धनबाट एकीकृत समाजवादीका उम्मेदवार देवबहादुर गुरुङले १८५ मत पाउनुभयो ।

उपाध्यक्षमा पनि एमालेकै छिरिङ ल्हमो गुरुङ ६४१ मतसहित विजयी हुनुभएको छ। उहाँले गठबन्धनबाट कांग्रेसकी लक्ष्मी गुरुङलाई हराउनुभएको हो । गुरुङले २२५ मत पाउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?