सूर्य ग्रह : महत्व र उपयोगिता

Read Time = 15 mins

✍️ डा. नारायणप्रसाद निरौला
‘सरति आकाशे सूर्यः’ अर्थात् आकाशमा हिँड्ने वस्तु सूर्य हो (आप्टे, २००७ : ११२१) । विशेषतः आकाशमा देखिने तापयुक्त विशेष पिण्ड विशेषलाई सूर्य मानिएको छ । सूर्यलाई पुराणमा कश्यप र अदितिका पुत्रका रूपमा वर्णन गरिएको छ । सूर्यका सारथी अरुण हुन् । सूर्यको कक्षात्मक मान ४ करोड ३३ लाख १४ हजार ९ सय ७५ योजन मानिएको छ (भास्कर, २०११ : ६९) । उत्तरायण हुँदा देवलोकतर्फ र दक्षिणायन हुँदा यमलोकतर्फ प्रकाश छर्नेवाला देवताका रूपमा पुराणले सूर्यको वर्णन गरेको पाइन्छ (श्रीमद्भागवतमहापुराण, २०६५ : ५।२१।३–१९) विशेष गरी सूर्यको वर्णन ग्रहहरूको अधिपतिका रूपमै सर्वत्र स्वीकारिएको छ ।

सूर्यको अस्तित्व सृष्टिको आदिकालदेखि नै रहेको पाइन्छ : ‘सूर्यस्य चक्षू रजसैत्यावृतं तस्मिन्नार्पितं भुवनानि विश्वा ।।’ (ऋग्वेद,२०६७ : ११।६४।१४) । सूर्यलाई सृष्टिको आदिकर्ताका रूपमा श्रीमद्भागवतले पनि वर्णन गरेको छ (श्रीमद्भागवत्, २०६५ : २।६।३) । यसैगरी ‘हिरण्यगर्भो भगवानेष छन्दसि पठ्यते । आदित्यो ह्यादिभूतत्वात् प्रसूत्य सूर्य उच्यते ।’ (सूर्यसिद्धान्त,२०१० : १२।१५) भन्ने सूर्य सिद्धान्तको मतबाट पनि सूर्य विषयक चर्चालाई प्राचीन बनाएको पुष्टि हुन आउँछ ।

सूर्यको धार्मिक पौराणिक महत्व :
ईश्वरको अवतारका रूपमा सूर्यको पूजा गर्ने गरिन्छ । वैदिक सूक्तहरूमा पनि सूर्यको चर्चा पाइनुले यसलाई पुष्टि गर्दछ । पाञ्चायन देवतामध्येका एक सूर्यको धार्मिक महत्व सर्वोपरि रहेको छ । नित्य स्नानपछि प्रातः कालमा सूर्यलाई निम्न मन्त्रले अध्र्य दिइन्छ : ‘ ॐ एहि सूर्य सहस्रांशो तेजो राशे जगत्पते । अनुकम्पय मां भक्त्या गृहाणाघ्र्यं दिवाकर ।।’ (मरासिनी, २०५४ : ५११) ।

देवकार्य एवं पितृकार्य दुवैमा सूयर्र्को उपासना गर्ने वैदिक पद्धति रहेको छ । सूर्य उत्तरायण हुँदा मकर संक्रान्ति र दक्षिणायन हुँदा कर्कट संक्रान्तिलाई विशेष धार्मिक पर्वका रूपमा मनाइन्छ । सूर्यकै आधारमा महिनाहरूको निर्धारण हुनु र महिनाकै आधारमा धार्मिक सांस्कृतिक चाड पर्व माइनुले सूर्यको धार्मिक महिमा विशेष रहेको प्रष्टिन आउँछ ।

काल विभाजनमा सूर्य :
सूर्यलाई नै आधार मानेर कालको विभाजन गरिएको छ । सूर्यले एक चक्र भोग गरिसकेपछि एक वर्षको संज्ञा सिद्धान्त शास्त्रमा दिइएको छ : ‘रवेश्चक्रभोगोद्रर्कवर्षं प्रदिष्टं’ (भास्कर, २०११ : १।१९) यसैगरी सावन दिन पनि दुई सूर्योदयको समयान्तरलाई मानिएको छ : उदयादुदयं भानोर्भूमिसावनवासरः । (सूर्यसिद्धान्त,२०१० : १।३६) सौरमास र चान्द्रमास दुवैको महत्व सिद्धान्त ज्योतिषमा उत्तिकै छ । यदि यी दुई महिनाबीच तादात्म्य मिलेन भने अधिमास र क्षयमास हुने गर्दछ । जुन चान्द्रमासमा एउटा पनि सौरमास (सङ्क्रान्ति) पर्दैन त्यो महिना अधिमास हुन्छ ।

यसैगरी जुन चान्द्रमासमा दुईवटा सङ्क्रान्ति पर्छन् त्यो महिना क्षय मास हुन्छ (भास्कर, २०११ : ५।६) । समय ज्ञानमा पनि सूर्यलाई उपयोगमा ल्याइएको छ । सूर्यको छायांबाट समयको ज्ञान गर्ने प्रविधि सिद्धान्त ज्योतिषमा प्रचलित छ । देश पत्ता लगाउन अक्षांश र देशान्तरको आवश्यकता पर्छ । ती पनि सूर्यकै आधारमा निर्धारित हुन्छन् ।

खगोलीय महत्वका रूपमा सूर्य :
सूर्यको कक्षात्मक मान (सार्धाद्रिगोमनुसुराब्धिमिताद्रर्ककक्षा) ४ करोड ३३ लाख १४ हजार ९ सय ७५ योजन मानिएको छ (भास्कर,२ ०११ : ६९) । लग्न सूर्यकै आधार निकालिन्छ । क्रन्ति वृत्तको जुन प्रदेश उदय क्षितिजमा पर्छ त्यही लग्न हुन्छ (भास्कर,२०११ : ३।४) । क्रान्ति वृत्त भनेको सूर्य हिँड्ने बाटो हो ।

सूर्यकै आधारमा पूर्वादि दिशाहरू निर्धारण भएका छन् : उदितो यत्रार्कः सा पूर्वाद्रस्तं याति पश्चिमा तत्र । सर्वत्र तद्विचिन्त्यं दिक्सिद्धै मेरुरुत्तरवान् ।। (आर्यभट(द्वि), २०११ : ४१) भास्कराचार्यले ग्रहगणिताध्यायमा मध्याहृनकालिक सूर्यको छायाँबाट पनि दिग्ज्ञानको प्रक्रिया बताएका छन् (भास्कर,२०११ : ८।८–९) । जहाँबाट सूर्य उदाउँछन् त्यही पूर्व दिशा हो । त्यसको अपर अर्थात् विपरीत पश्चिम दिशा हो । पूर्व र पश्चिमलाई ध्रुव मत्स्य गरेपछि उत्तर र दक्षिण दिशाहरू पत्ता लाग्छन् । सुमेरु पर्वत उत्तर दिशामा पर्छ भने कुमेरु पर्वत दक्षिण दिशामा पर्दछ । यसरी दिशाहरूको व्यवस्थितिको आधार पनि सूर्य नै भएको कुरा पुष्टि हुन आउँछ ।

कुनै पनि देशको स्थिति पत्ता लागाउन त्यो देशको अक्षांश र देशन्तरको आवश्यकता पर्दछ । अक्षांश र देशान्तर पनि सूर्यकै आधारमा निर्धारण हुने भएकाले देश पत्ता लगाउन पनि सूर्यको अवस्थिति ज्ञान हुनु आवश्यक हुन्छ । लंककालाई शून्य अक्षांश र देशान्तर मानेर देशहरूको निर्धारण व्यवस्था मिलाइएको छ । भास्कराचार्यले सिद्धान्तशिरोमणि अन्तर्गत भूगोलाध्यायमा भुवनकोशको वर्णन पनि यसै आधारमा गरेका छन् (भास्कर,२०११ : २०) ।

ग्रहणको ज्योतिषीय महत्व भिन्नै छ । आकाशमा देखिने ग्रहणको मुख्य कारक सूर्य नै हो । पृथ्वीको छायांमा चन्द्रमा पर्दा चन्द्र ग्रहण लाग्छ भने चन्द्रमाले सूर्यको प्रकाशलाई छेक्दा सूर्यग्रहण देखिन्छ । सूर्यकै आधारमा दिन रातको निर्धारण गरिन्छ । सूर्यको प्रकाश प्राप्त भएको उज्यालो समयलाई दिन र अँध्यारो अन्धमयी समयलाई रात मानिएको छ । ‘दिनं दिनेशस्य यतोद्रत्र दर्शने तमी तमोहन्तुरदर्शने सति ।’ (भास्कर, २०११ : २४।१०) ।

सूर्यको अयन गति निरन्तर चलिरहने हुँदा दिन र रातमा एकरूपता नभएको हो । सूर्य विषुवद् वृत्तमा (वैशाख संक्रान्ति र कार्तिक संक्रान्तिमा) हुँदा दिन र रात बराबर हुन्छन् । किनकि सूर्यको विषुवत् वृत्तमा परिभ्रमण वर्षमा दुई पटक हुन्छ । सूर्य उत्तरी गोलमा हुँदा दिन लामा रात छोटा हुन्छन् भने दक्षिणी गोलमा हुँदा रात लामा र दिन छोटा हुन्छन् : ‘अतश्च सौम्ये दिवसो महान् स्याद्रात्रिर्लघुव्र्यस्तमतश्च याम्ये । द्युरात्रवृत्ते क्षितिजादधःस्थे रात्रिर्यतः स्याद्दिनमानमूध्र्वे ।। सदा समत्वं द्युनिशोर्निरक्षे नोन्मण्डलं तत्र कुजाद्यतोद्रन्यत् ।’ (भास्कर,२०११ : २४।५-६) सूर्यकै कारण दिनमान र रात्रिमानमा अपचलन पनि हुन्छ ।

पितृहरूको निवासस्थान चन्द्रमाको माथिल्लो भाग हो । हाम्रो एक महिना बराबर त्यहाँ एक दिन रात हुन्छ । ‘विधूध्र्वभागे पितरो वसन्तः स्वाधः सुधादीधितिमामनन्ति ।’ (भास्कर, २०११ : २४।१३) । पितृहरूको दिन रात पनि सूर्यकै आधारमा निर्धारण गरिएको छ । पृथ्वीतलमा शुक्लपक्ष हुँदा पितृलोकमा एक रात हुन्छ भने कृष्णपक्षमा पितृको एक दिन हुन्छ । (भास्कर,२०११ : २४।१०,१३,१४)
देवता र दानवको दिन रात व्यवस्था पनि सूर्यकै आधारमा गरिएको छ । हाम्रो एक वर्ष बराबर देवता र दानवको एक अहोरात्र (दिन र रात) हुन्छ । सूर्य उत्तरायण हुँदा देवलोकमा दिन र दक्षिणायन हुँदा रात हुन्छ । यसैगरी देवलोकमा दिन हुँदा दानवलोकमा रात र दानव लोकमा रात हुँदा देवलोकमा दिन हुने मुख्य आधारा सूर्य नै हो । (भास्कर,२०११ : २४।११-१२) अनन्त टाढा रहेका ब्ररूमा प्रलय नहुन्जेलसम्म नित्य सूर्यलाई हेरिरहन्छन् ।

हाम्रो एक हजार युग बराबर ब्रहृमाको एक दिन हुन्छ । त्यति नै समय ब्रहृमाको एक रात हुन्छ । रातभर ब्रहृमा विश्राम गर्ने भएकाले उक्त रातको समयमा प्रलय हुन्छ (भास्कर,२०११ : २४।१५) । सूर्यकै कारण ग्रहहरू उदय र अस्त हुन्छन् । सूर्यको किरण नपरेका ग्रहहरू अस्त मानिन्छन् भने सूर्यले प्रत्यक्ष देखेका ग्रह उदय मानिन्छन् । सूर्य र अन्य ग्रहको अंशात्मक दूरीलाई कालांश भनिन्छ । सूर्य र अन्य ग्रहबीचको निश्चित कलांश हुँदा उदय र निश्चित कालांशभन्दा कम हुँदा अस्त मानिन्छ ।

सूर्यको सान्निध्यमा अन्य ग्रह पुगी सूर्यकै बिम्बमा लिप्त हुँदा अस्त र सूर्य बिम्बबाट टाढिँदा उदय हुने व्यवस्था छ । (भास्कर,२०११ : ७।४२-४३) । ऋतु परिवर्तनको कारण पनि सूर्य नै हे । हाम्रा हरेक कार्यहरू सूयर्योदयसँगै सुरु हुन्छन् र सूर्यास्तसँगै सकिन्छन् । धार्मिक सांस्कृतिक कार्यक्रमहरू पनि सूर्यकै आधारमा मनाइने भएकाले सूर्यको स्थान सर्वत्र उच्च रहेको पाइन्छ ।

वास्तु मिलान गर्दा गृहारम्भको समयमा गृहस्वामीको जन्मराशिबाट गोचरोक्त विचार अनुसार सूर्य निर्बल, नीच, अस्त छ भने गृहस्वामीलाई हानी गर्छ (रामदैवज्ञ, १९९९ : १२।६) । सूर्याक्रान्त नक्षत्रकै आधारमा वृषवास्तु चक्र जुराई गृहारम्भ गर्नुपर्ने कुरा पनि मुहूर्तचिनतामणिमा रामदैवज्ञले उल्लेख गरेका छन् (रामदैवज्ञ, १९९९ : १२।१३-१४) । सूर्यकै आधारमा घरको मूल प्रवेशद्वार निर्धारण गरिन्छ (रामदैवज्ञ, १९९९ : १२।१५) । मन्दिर, घर, जलाशय आदि निर्मणमा राहुमुख विचार गर्दा पनि सूर्यलाई नै आधार मानिएको छ (रामदैवज्ञ, १९९९ : १२।१९) ।

गृहप्रवेशको मुहूर्त पनि सूर्यकै आधारमा निर्धारण गरिन्छ (रामदैवज्ञ, १९९९ : १३।१) । गृह प्रवेशमा सूर्यलाई बायाँ पार्नु अत्यन्त शुभ फलदायक मानिएको छ (रामदैवज्ञ, १९९९ : १३।५) । गृहप्रवेश गर्दा कुम्भ (कलश) चक्र जुराउनु अत्यावश्यक हुन्छ । यसरी कुम्भ (कलश) चक्र जुराउँदा सूर्य जुन नक्षत्रमा छ त्यहीँबाट गणना गरी अंगका आधारमा शुभाशुभ फल निर्धारण गरिने भएकाले गृहप्रवेशमा पनि सूयको महत्वपूर्ण स्थान पुष्टि हुन आउँछ ।

सूर्य एक शक्तिशाली आकाशीय पिण्ड हो । आधुनि वैज्ञानिकले पनि सूर्यको खोज अनुसन्धान निरन्तर गरिरहेका छन् । सूर्यको धार्मिक, साँस्कृतिक र ज्योतिषीय महत्व आज दिनानुदि बढ्दै गइरहेको छ । हरेक प्रकारका ऊर्जा प्रदान गर्ने सूर्यको अझ विस्तृत खोज अनुसन्धान हुनु आवश्यक देखिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?