ललितपुरको गोदावरी नगरपालिकामा पनि गठबन्धन अगाडि

Read Time = 1 min

ललितपुर । ललितपुरको गोदावरी नगरपालिकामा पनि माओवादी कांग्रेसको गठबन्धन अघि देखिएको छ । गोदावरी नगरपालिकाकी निर्वाचन अधिकृत श्रद्धा रिजालका अनुसार गठबन्धनकातर्फबाट मेयरका उम्मेदवार गजेन्द्र महर्जनले ६ सय २५ मत ल्याउनु भएको छ भने उपमेयरकी उम्मेदवार मुनाअधिकारीले ६ सय २६ मत प्राप्त गर्नुभएको छ ।

एमालेका उम्मेदवार गम्भीर रानाले ४ सय ५३ मत पाउनु भएको छ भने उपमेयरकी उम्मेदवार रमि प्रधानांगले ४ सय ५२ मत पाउनु भएको छ ।
एमालेका वडाध्यक्ष उम्मेदवारले भने ४ सय ५३ मत पाउनु भएको छ । गोदावरी नगरको १ नम्बर वडा गोदामचौरबाट मतगणना सुरु भएको अधिकृत रिजालले बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?