पोखरा । हालसम्म गण्डकी प्रदेशका आठ पालिकाको नतिजा सार्वजनिक भएको छ । यसमध्ये मनाङका सबै पालिकाको गणना सकिएको छ भने मुस्ताङका चार पालिकाको गणना पूरा भएको छ । हालसम्म यहाँ एमालेले पाँच पालिकामा जित निकालेको छ ।
कांग्रेसले भने तीन पालिका मात्रै जितेको छ । अरु पार्टीले यहाँ जितेका छैनन् । एमालेले मनाङको चामे र मनाङ ङिस्याङ, मुस्ताङको लोघेकर दामोदर कुण्ड, लोमान्थाङ र बारागुङ मुक्ति क्षेत्रमा अध्यक्ष जितेको छ ।
कांग्रेसले मनाङको नासों, नार्पाभूमि र मुस्ताङको घरपझोङ गाउँपालिकामा अध्यक्ष जितेको छ । यसअघि कांग्रेसले जितेको लोमान्थाङ र बारागुङ मुक्ति क्षेत्रमा एमालेले इन्ट्री गरेको छ भने यसअघि एमालेले जितेको घरपझोङमा सोटै कांग्रेस विजयी भएको छ ।
पाँच पालिका रहेको मुस्ताङको थासाङमा गणना भैरहेको छ । यसअघि यहाँ कांग्रेसले जितेको थियो ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र