काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो अग्रता कायमै राख्नुभएको छ । जसमा उहाँ आफ्ना प्रतिष्पर्धी केशव स्थापित भन्दा नौ सय मतले अगाडी देखिनुभएको छ ।
बालेनले २०७१ मत पाइसक्नुभएको छ । नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ११६४ मत पाउनुभएको छ । उहाँहरूबीच ९०७ मतको अन्तर रहेको छ।
यस्तै तेस्रो स्थानमा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह रहनुभएको छ । उहाँले १००६ मत पाउनुभएको छ ।
अहिले काठमाडौंको वडा नम्बर १, २, ३, ४ र ३२ को मतगणना भइरहेको छ ।
मतगणना शनिबार दिउँसो ११ बजेबाट सुरु भएको हो । निर्वाचनको पूर्व नतिजा आउन एक हप्ता लाग्ने बताइएको छ ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
तिलाको नीति तथा कार्यक्रम :
हाम्रो मौलिकता हाम्रो गीतसंगीतको मूल