काठेखोला १ मा कांग्रेसका खड्क थापा पुनः विजयी

Read Time = 1 min

-डम्मर बुढा मगर

बागलुङ । बागलुङको काठेखोला गाउँपालिकामा विजयी सुरुवात गरेको छ ।

शनिबारदेखि सुरु भएको मत गणनाको परिणाम अनुसार वडा नम्बर १ मा पाँच दलीय गठबन्धनको साझा उम्मेदवार नेपाली कांग्रेसका खडक थापा विजयी हुनुभएको छ ।

निर्वतमान अध्यक्षसमेत रहनुभएका नेता थापा ९१५ मत प्राप्त गर्दै पुनः वडा अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

थापाले अध्यक्षका प्रतिस्प्रर्धी नेकपा एमालेका गोविन्दबहादुर खड्कालाई ३९७ मतान्तरले पराजित गर्नुभयो । खड्काले ५१८ मत प्राप्त गर्नुभयो । २०७४ सालको स्थानीय तह निर्वाचनमा थापा ६१३ मत प्राप्त गरेर निर्वाचित हुनुभएको थियो ।

थापा संगै वडा नम्बर १ मा गठबन्धनको प्यानल विजयी भएको छ । महिला सदस्यमा देवी थापा मगर, दलित महिला सदस्यमा तारा किसान, खुल्ला सदस्यमा गोविन्द थापा मगर र डिलबहादुर जिसी निर्वाचित हुनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?