हेटौंडा उपमहानगरमा त्रिपक्षीय कडा भिडन्त, गठबन्धनको अग्रता कायमै

Read Time = 1 min

हेटौंडा । हेटौंडा उपमहानगरपालिकामा तीन पक्षीय प्रतिस्पर्धा भइरहेको छ । हाल उपमहानगरपालिकाको १, २, १८ र १९ नम्बर वडाको मतगणना जारी छ ।

आठ हजार १५ मतगणना भइसक्दा मेयरमा गठबन्धनबाट एकीकृत समाजवादीकी उम्मेदवार मीनाकुमारी लामाले २३ सय ९१ मत प्राप्त गर्नुभएको छ । २३ सय ४९ मतका साथ राप्रपाका दीपकबहादुर सिंह दोस्रो स्थानमा उक्लिनु भएको छ । एमालेका अनन्त पौडेल २१ सय ८२ मत प्राप्त गर्दै तेस्रो स्थानमा हुनुहुन्छ ।

उपमेयरमा नेपाली कांग्रेसका राजेश बानियाँले ३४ सय ७५ मत प्राप्त गर्दै अग्रता बनाउनु भएको छ । एमाले उम्मेदवार सुमित्रा काफ्ले २६ सय ९९ मत ल्याएर दोस्रो स्थानमा हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?