भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको स्थानीय तह निर्वाचनमा कांग्रेसले सुरुवातबाट नै अग्रता कायम राखेको छ । १३ वटा वडा रहेको नगरमा हाल सम्म २ वटा वडाको मतगणना सम्पन्न भइसकेको छ । ३२ हजार ६७ मत खसेको रुपन्देहीमा ४ ठाउँमा मतगणनाको काम चलिरहेको छ ।
भैरहवास्थित भैरहवा नमुना माविको हलमा भइरहेको मतगणनामा कांग्रेसबाट उम्मेदवार रहनुभएको इस्तियाक अहमद खान अगाडि जाँदै गर्दा उहाँलाई पछ्याउँदै राप्रपाका उम्मेदवार सागर प्रताप राणा अघि बढ्दै हुनुहुन्छ ।
यस्तै एमालेको डाक्टर रामप्रसाद बस्याल पनि करिब आधाकै फराकिलो अन्तरमा हुनुहुन्छ। २ वटा वडाको नतिजा आउँदा वडा नम्बर १ मा जनता समाजवादी पार्टीका उज्ज्वल पोखरेल विजयी हुनुभएको छ ।
वडा नम्बर १ मा पोखरेलले ७ सय ५८ मत ल्याए भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका यामबहादुर थापाले ७ सय ३० मत प्राप्त गर्नुभएको छ । यस्तै वडा नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका छेदीलाल श्रीवास्तव ४ सय ४३ मतका साथ विजयी हुनु भएको छ । १ हजार ८ सय ४५ मत रहेको वडामा उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एसका सुनिलकुमार पुनले ४ सय ३६ मत प्राप्त गरेको निर्वाचन कार्यालय रुपन्देहीले जानकारी दिएको छ।
यस्तै वडा नम्बर ३ र ४ को मतगणना जारी छ । वडा नम्बर ३ मा माओवादी र राप्रपाले लिड गरिरहेका छन् भने वडा नम्बर ४ मा पनि राप्रपाकै अग्रता छ । यस्तै उपप्रमुखतर्फ पनि सिद्धार्थनगरमा कडा प्रतिस्पर्धा छ ।
राप्रपाबाट उम्मेदवारी दिएकी विनीता गुप्ताले अग्रता लिएकी छन् । गुप्ताले २ हजार ७३ मत प्राप्त गर्दा नेकपा एमालेकी उमा अधिकारीले १ हजार ५ सय ९० मत ल्याइएकी छन् । यस्तै माओवादीका तर्फबाट गठबन्धनकी उम्मेदवार कमला थापाले १४ सय ४४ मत ल्याउँदै तेस्रो स्थानमा रहेकी छन् । -मोहम्मद हबिब/न्युज कारखाना
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
गल्तीलाई आत्मसात गर्ने कि अझै
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
देशले प्रधानमन्त्री भएको हेर्न चाहेको