झनझन रोचक बन्दै भरतपुरको प्रतिस्पर्धा, रेनु झिनो मतान्तरले पछाडि

Read Time = 1 min

चितवन । भरतपुर महानगरपालिकाको मेयर पदको प्रतिस्पर्धा झनझन रोचक बन्दै गएको छ ।

शनिबार र दिनभरजसो अग्रता बनाउनु भएको गठबन्धनकी उम्मेदवार रेनु दाहाललाई एमालेका उम्मेदवार विजय सुवेदीले झिनो मतले पछि पार्नुभएको छ । उहाँले माओवादी केन्द्रकी उम्मेदवार दाहाललाई तीन मतले पछि पार्नुभएको हो ।

पछिल्लो मत परिणाम अनुसार सुवेदीले २ हजार ४६८ मत ल्याउँदा दाहालले २ हजार ४६५ मत ल्याउनु भएको छ । यसअघि दाहालले झिनो अग्रता बनाउनु भएको थियो भने आज दिउँसो उहाँको अग्रता ५० मत भन्दा बढी थियो । आइतबार राति सुवेदीले अग्रता लिनु भएको हो ।

भरतपुरमा नेपाली कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ८०५ मत ल्याउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?