कैलाली । सुदूरपश्चिममा माओवादी संसदीय दलको नेता फेर्ने निर्णय सच्याउन प्रदेश कमिटीले निर्देशन दिएको छ । प्रदेश संसदीय दलको नेता रहेका खगराज भट्टलाई दलको नेताबाट हटाएपछि सच्याउन माओवादी सुदूरपश्चिम प्रदेश कमिटीले निर्देशन दिएको हो ।
माओवादी केन्द्र, सुदूरपश्चिमका प्रदेश कमिटीका अध्यक्ष हरि चौधरी (उत्सव) र सचिव जनकबहादुर बुढाले हस्ताक्षर गरेको विज्ञप्तिमा केन्द्रीय कार्यालयको निर्देशनको अवज्ञा, पार्टीमा अराजकता र स्वेच्छाचारिताले संस्थागत मान्यता पाउने तथा कार्यकताहरूको मनोभावनाको विपरीत भएको भन्दै दलको नेता फेर्ने निर्णय सच्याउन भनिएको छ । प्रदेश कमिटीका अध्यक्ष चौधरीले माओवादी केन्द्रबाट विजयी ६ जना प्रदेश सभा सदस्यले गल्ती गरेको बताएका थिए ।
संसदीय दलका उपनेता अक्कलबहादुर रावलको अध्यक्षतामा शुक्रवार बसेको बैठकले दलको नेतामा मानबहादुर धामीलाई चयन गरेको थियो । भट्टलाई हटाएर धामीलाई दलको नेता चयर गरेपछि माओवादी पार्टीको प्रदेश कमिटीको बैठक बसेको थियो । सुदूरपश्चिममा मन्त्री फेरबदलको विषयले माओवादीभित्र आन्तरिक द्वन्द्व बढेको छ ।
सुदूरपश्चिम प्रदेश सभामा माओवादी केन्द्रका सभामुखसहित ११ सदस्य छन् । अहिले उनीहरू दुई भागमा विभाजन भएका छन् । दलको नेता फेर्ने निर्णयमा धामीसहित उपनेता अक्कल रावल, प्रदेश सभा सदस्यहरू शिवसिंह ओली, ओमविक्रम भाट (सरल), राज्यमन्त्रीसमेत रहेकी गीतादेवी माल र लक्ष्मी विकले हस्ताक्षर गरेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच