काठमाडौं महानगर : बालेन र स्थापितबीच झण्डै तीन हजारको मतान्तर

Read Time = 1 min

काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो अग्रता कायमै राख्नुभएको छ ।

प्राप्त ताजा मतपरिणाम अनुसार बालेनले आफ्नो मतान्तर फराकिलो बनाउँदै जानुभएको छ । उहाँले ६ हजार २०७ मत ल्याउनु भएको छ ।

यस्तै, नेकपा एमालेका केशव स्थापितले तीन हजार २४५ मतका साथ बालेनलाई पछ्याई रहनुभएको छ ।

नेपाली कांग्रेसकी सिर्जना सिंहले अहिलेसम्म दुई हजार ८८५ मत पाउनुभएको छ ।

अग्रता बनाइरहनुभएका बालेन र उहाँलाई पछ्याई रहनुभएका स्थापितबीचको मतान्तर दुई हजार ९६४ को रहेको छ ।

मतगणना शनिबार बिहान पौने दश बजेबाट सुरु भएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?