निर्देशक लामाको निधन

Read Time = 4 mins

काठमाडौं । अग्रज चलचित्र निर्माता तथा निर्देशक हेमबहादुर लामाको निधन भएको छ । हृदयघातपछि अस्पताल भर्ना हुनुभएका उहाको आइतबार दिउँसो १ बजेर १५ मिनेटमा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको हो । उहाँको निधन भएको छोरा अभिनेता तथा पाइलट विजय लामाले जानकारी गराउनुभयो ।

९४ वर्षीय हेमबहादुर लामाले सन् १९८४ मा ‘आदर्श नारी’ नामक चलचित्रको निर्माण तथा निर्देशन गर्नुभएको थियो । उहाँ नेपालको पहिलो टेनिस खेलाडी पनि हुनुहन्थ्यो । टेनिस खेल नेपालमा भित्र्याउने व्यक्तिको रूपमा समेत हेमबहादुर चिनिनुहुन्छ ।

उहाको पार्थिव शरीरमा दिउँसो बालुवाटारस्थित घरमा पुगेर कलाकार र शुभेच्छुकले अन्तिम श्रद्धाञ्जलि दिनुभएको थियो । उहाँको आइतबारै स्वयम्भूमा बौद्ध परम्पराअनुसार दाहसंस्कार गरियो । विजय लामाले फेसबुकमा भावुक स्टाटस पनि लेख्नुभएको छ, ‘बाउ तिमी बिना मलाई बस्ने बानी छैन । तिम्रो यादले निकै सताउनेछ । तर, मलाई विश्वास छ, तिमी जहाँ छौं, खुशी छौं । तिम्रो खुशी नै मेरो खुशी हुनेछ ।’
नेपाली कला जगतका विभिन्न व्यक्तित्वले पनि निर्देशक लामाको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । आजीवन सदस्यसमेत रहनुभएका लामालाई २०७७ सालमा चलचित्र निर्देशक समाजले दीर्घ साधना सम्मान प्रदान गरेको थियो ।

स्व. हेमबहादुर लामाले आफ्नो परिवारलाई दुख नहोस् भन्दै जिवित हुँदै आफ्नो घेवा अर्थात् क्रियाकर्म आफैँले गर्नुभएको थियो । आफ्ना परिवारलाई आफ्नो मृत्यु भइसकेपछि सहज होस् भन्दै आजभन्दा करिब आठ वर्ष अघि नै घेवा गरिसक्नुभएको थियो ।

तर अभिनेता विजय लामासहितका सन्तानले आफ्नो कर्तव्य पूरा गर्नुपर्छ भन्दै घेवाको कार्यक्रमलाई अगाडि बढाउनुभएको छ । स्व. पिताप्रति अभिनेता विजयले फेसबुकमार्फत जानकारी दिँदै लेख्नुभएको छ, ‘करिब दुई हप्तादेखि स्वास्थ्यमा कठिनाई आएकाले उहाँ मनमोहन अस्पतालमा हुनुहुन्थ्यो र आज (आइतबार) दिउँसो १ः१५ बजे मेरो हातमा उहाँले अन्तिम सास लिनुभयो ।’ विजयले मृत्युको समयमा आफूसँगै हुन पाउँदा भाग्यमनी ठान्नुभएको छ, ‘मेरो जन्म दिने आमा बाबुको अन्तिम घडीमा म उहाहरूसँगै भएकोमा आफुलाई भाग्यसाली ठान्दछु । तर के गर्नु आखिर मन त होनि भक्कानिएर रुनुमात्र खोज्छ जति रोक्न कोसिस गरे पनि ।’ हेमबहादुरका तीन छोरामध्ये दुईछोरा नेपालबाहिर हुनहुुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?