जनता एउटा खराबको ठाउँमा अर्को खराबलाई भोट हाल्दैछन् : डा. भट्टराई

Read Time = 2 mins

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जनता स्थापित दलहरुसँग सन्तुष्ट नरहेको बताउनु भएको छ ।

गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको परिणाम आइरहेको बेला उनले यस्तो प्रतिक्रिया जनाउनु भएको हो ।

‘‘समग्र समीक्षा हुँदै गर्ला तर अहिलेसम्मको प्रवृत्तिबाट भन्न सकिन्छ, जनता स्थापित दलहरूबाट सन्तुष्ट छैनन्,’ उहाँले सामाजिक सञ्जाल ट्वीटरमा लेख्नुभएको छ ।

सत्तामा शुन्यता होला भन्ने डरले मात्र जनताले उठेका मतदातालाई मत दिएको दाबी गर्नुभएको छ । जनतासँग विकल्प नहुँदा यस्तो अवस्था सृजना भएको उहाँले जनाउनु भएको छ ।

‘नो भोटको प्राबधान नहुँदा र सत्तामा शुन्यता हुननसक्ने हुँदा पहिले एउटा खराबले जितेको ठाउँमा (भक्तपुरबाहेक) अहिले अर्को खराबलाई वा नयाँ व्यक्तिलाई हाल्दैछन्, ‘दुःखद कुरा विकल्प पनि छैन’, उहाँले भन्नुभएको छ ।

७५३ स्थानीय तहमा भएको निर्वाचनमा डा. भट्टराईको पार्टी जसपाले हालसम्म मात्र तीन पालिकाको प्रमुख जित्न सफल भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?