सिमकोट गाउँपालिका अध्यक्षमा माओवादीका विजय भण्डारी विजयी

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 1 min

हुम्ला । हुम्लाको सिमकोट गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा गठबन्ध विजयी भएका छन् । पालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका विजय भण्डारी (प्रतिरोध) ले २८८२ मत ल्याएर विजयी हुनु भएको छ । उनका प्रतिद्धन्द्धी नेकपा एमालेका महेन्द्र बहादुर शाही (अविराम) ले १९६९ मत ल्याउनु भएको हो । भण्डारीले नौ सय १३ मतको अन्तरालले शाहीलाई पछि पार्दै विजय हासिल गर्नुभएको हो । राप्रपाका सुरेश महतले २८ मत ल्याउनुभएको छ ।
यस्तै पालिका उपाध्यक्षमा नेपाली कांग्रेसका सुशिला रोकायाले २४७४ मत ल्याएर विजयी हुनु भएको छ । उनका प्रतिद्धन्द्धी प्रतिमा लामाले १४ सय ५७ मत ल्याएर हार्नुभएको छ । भने राप्रपाका लक्ष्मि रावतले ३३ मत प्राप्त गर्नुभएको छ । स्वतन्त्र उम्मेदवार खरायो चिन्हका उम्मेदवार दिप बहादुर सिंहले साय ६ मत प्राप्त गनुभएको छ ।
हुम्लामा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस विच चुवानी गठबन्धन भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?