आइसीसी विश्वकप छनोट : नेपाल र नेदरल्याण्ड्स भिड्दै, नेपाललाई जित्नै पर्ने दबाब

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । आइसीसी विश्वकप छनोट-२०२३ को समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल आज(शनिबार) नेदरल्याण्ड्ससँग खेल्दैछ । जिम्बाबेको हरारे स्पोर्ट्स क्लबको मैदानमा हुने खेलमा नेपाल जीतको लक्ष्यसहित नेदरल्याण्ड्ससँग भिड्दैछ ।

नेपाल र नेदरल्याण्ड्सबीचको खेल नेपाली समयअनुसार दिउँसो १२ः४५ बजे हुनेछ । प्रतियोगिताको सुपर सिक्समा पुग्ने सम्भावना जीवितै राख्नका लागि नेपाललाई नेदरल्याण्ड्सविरुद्धको खेल जित्नैपर्ने हुन्छ । एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपाल र नेदरल्याण्ड्स हालसम्म दुई पटक भिडे्का छन् । दुवै टोलीले समान एक/एक जीत हासिल गरेका छन् ।

जारी प्रतियोगिताको समूह ‘ए’ मा नेपालसँगै जिम्बाबे, वेष्टइण्डिज, नेदरल्याण्ड्स र अमेरिका छन् । अमेरिका लगातार तीन खेलमा पराजित हुँदै सुपरसिक्सको सम्भावनाबाट बाहिरिएको छ । त्यसैगरी जिम्बावे र वेष्ट इण्डिज प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गर्दै सुपर सिक्समा स्थान करिब सुनिश्चित गरिसकेका छन् । अब समूह ‘ए’ बाट तेस्रो टोलीको रूपमा नेपाल र नेदरल्याण्ड्समध्ये एक सुपर सिक्समा प्रवेश गर्नेछन् । नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेट पराजित भएको थियो भने दोस्रो खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गरेको थियो । त्यस्तै तेस्रो खेलमा वेष्ट इण्डिजसँग १०१ रनले पराजित भएको थियो ।

नेदरल्याण्ड्स पहिलो खेलमा जिम्बाबेसँग ६ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । यससँगै तीन खेलपछि नेपालको दुई अंक छ भने दुई खेलेको नेदरल्याण्ड्सको पनि समान दुई अंक नै छ । नेपाल अंक तालिकाको चौथो स्थान र नेदरल्याण्ड्स तेस्रो स्थानमा छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?