इलाम । इलामको चुलाचुली गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका राजेन्द्र केरुङ विजयी हुनुभएको छ । केरुङले निकतम प्रतिष्पर्दी एकपा एमालेका ओम नारायण खनाललाई दुई हजार आठ सय ९५ मत अन्तरले पछि पार्दै गाउँपालिका उपाध्यक्षमा निर्वाचित हुनु भएको हो । विजयी नेपाली कांग्रेसका केरुङले छ हजार ६ सय ५० मत ल्याउनु भयो भने नेकपा एमालेका उम्मेद्धार ओम नारायण खनालले तीन हजार सात सय ५५ मत ल्याउनु भएको थियो ।
एकीकृत समाजवादीका नारायण लावतीले पाँच सय ५ मत ल्याउनु भएको छ ।
२०७४ को स्थानीय निर्वाचनमा एमाले तर्फबाट निवर्तमान पालिका अध्यक्ष प्रदिप चन्द्र राई सँग राजेन्द्र केरुङले तीन सय ४४ मतको अन्तरले पराजय भोग्नु परेको थियो । उहाँ यस पटक भने भारी मत अन्तरका साथ विजयी हुनु भएको छ ।
गाउँपलिकाको उपाध्यक्षमा एमालेबाट दिल कुमारी लिम्बु ९लावती० ४ हजार चार सय ५० मत सहित विजयी हुनु भएको छ । निकटतम प्रतिष्पर्दी गठबन्धन तर्फबाट नेकपा माओबादीका उम्मेद्धार सुकबहादुर लावतीले तीन हजार चार सय ४२ मत प्राप्त गर्नु भएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच