टेक्सासमा भीषण आँधीमा पर्दा तीन जनाको मृत्यु, ५० हजार विद्युतबिहीन

हिमालय टाइम्स
Read Time = 1 min

टेक्सास । अमेरिकामा भीषण आँधीका कारण तीन जनाको मृत्यु भएको छ भने धेरैजना घाइते भएका छन् ।

अमेरिकाको टेक्सास राज्यको पेरीटन प्यानह्यान्डल सहरमा आएको भीषण आँधीका कारण तीन जनाको मृत्यु भएको हो ।

स्थानीय प्रहरीका अनुसार सो आँधीमा परेर दर्जनौं घाइते भएका छन् भने सयौंलाई सुरक्षित स्थानमा स्थानतरण गर्नु परेको थियो ।

सो आँधीका कारण सो क्षेत्रमा व्यापक क्षति भएको छ भने धेरै सम्पत्ति नष्ट भएको छ, कति भौतिक सम्पत्ति नष्ट भयो रु त्यो छानबिन भइरहेको स्थानीय अधिकारीले जानकारी दिएका छन् ।

प्राइटन फायर चीफ पॉल डचरले अहिलेसम्म ३० वटा ट्रेलरमा क्षति पुगेको बताए । धेरै ठाउँमा रुखहरु ढलेका छन् । ओक्लाहोमा र टेक्सासमा करिब ५० हजार मानिसहरु विद्युतविहीन छन्।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?