नाँम्खा गाउँपालिका अध्यक्षमा गठबन्धनबाट प्रेम लामा र उपाध्यक्षमा तकदिर लामा विजयी

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 3 mins

हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका अध्यक्षमा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका प्रेम लामा विजयी हुनु भएको छ ।

उपाध्यक्षमा नेपाली कांग्रेसका तकदिर लामा विजयी हुनुभयो । अध्यक्ष पदमा निर्वाचित लामाले एक हजार ४६६ मत ल्याएर विजयी हुँदा उहाँका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सूर्य लामाले ६६२ मत ल्याउनु भएको हो । उहाँ नेपाली कांग्रेस निकट हुनुहुन्छ ।

त्यसैगरी उपाध्यक्ष लामाले एक हजार ९४ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी लाक्पानुर्बु लामाले ५६५ मत ल्याउनुभयो । उहाँ कांग्रेस निकट हुनु हो । नाँम्खामा तीन हजार १८२ मत रहेकोमा दुई हजार ३७१ मत खसेको थियो ।

वडा नम्बर १ मा गठबन्धनलाई हराउँदै नेकपा एमालेका सुनाम लामा विजयी हुनु भएको छ । वडाध्यक्षमा निर्वाचीत लामाले ३१२ मत ल्याएर विजयी हासिल गर्नु भएको हो । उहाँका प्रतिद्धन्द्धी नेकपा माओवादी केन्द्रका दावा लामाले ३०१ मत ल्याउनु भयो ।

वडा नम्बर २ को वडाअध्यक्षमा सुनाम क्याप लामा निर्वाचित भएका छन् । उहाँ ३ सय १८ मत ल्याएर निर्वाचित भएका हुन् । उहाँ कांग्रेस निकट हुन् । वडा नम्बर ३ को वडाध्यक्षमा छिरिङ ग्याम्जो लामा निर्वाचित भएका छन् । उहाँले १ सय ५६ मत ल्याई निर्वाचित भएका हुन् । उहाँ नेकपा माओवादी निकट हुनु हो ।

वडा नम्बर ४ मा भने एमालेका लातार लामा विजयी हुनु भयो । उहाँले १२९ मत ल्याएर वडा अध्यक्षमा विजयी हुनु भयो ।

५ नम्बर वडामा कांग्रेस पाल्जोर लामा विजयी हुनु भयो । उहाँले १६६ मत ल्याउनु भयो नाम्खा गाउँपालिका–६ को लिमीबाट भने यसअघि नै पाल्जोर तामाङ स्वतन्त्रबाट निर्वाचित भइसक्नु भएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?