जुम्लामा पाँच स्थानीय तहमा कांग्रेस दुई वटा स्थानीय तहमा माओवादी विजयी

Read Time = 2 mins

विजय रावत
जुम्ला । जुम्लाको आठवटै स्थानीय तहको अन्तिम मतगणना परिमाण सम्पन्न भएको छ । जिल्लामा नेपाली कांग्रेसले पाँच वटा स्थानीय तहमा विजयी भएको छ । नेकपा (माओवादी केन्द्र)ले दुई र एक स्वतन्त्र उम्मेदवारले जित हासिल गरेकाछन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार पातारासी, गुठीचौर, तातोपानी, हिमा र कनकासुन्दरी गाउँपालिकामा अध्यक्ष काँग्रेस विजयी भएको छ । यस्तै तिला र सिंजा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द विजयी भएको जिल्ला निर्वाचन कार्यालय जुम्लाका निर्वाचन अधिकृत महेश न्यौपानेले जानकारी दिनुभयो ।जिल्लाको एकमात्र एक नगरपालिका चन्दननाथ नगरपालिकामा स्वतन्त्र उम्मेदवार राजुसिंह कठायतले विजयी हासिल गरेकाछन् । त्यस्तै उपाध्यक्षमा काङ्ग्रेसले हिमा र कनकासुन्दरी र चन्दननाथ नगरपालिकामा उपप्रमुखमा जित हासिल गरेको छ । एकीकृत समाजवादीले जिल्लाको एकमात्र गुठीचौर गाउँपालिकामा उपाध्यक्षमा निर्वाचित भएको छ । स्थानीय तह निर्वाचन २०७९ मा जिल्लामा एमालेले कुनै पनि ठाउँमा विजयी हासिल गर्ने सकेनन् । सो पार्टीले २०७४ को स्थानीय तहको निर्वाचनमा तिला गाउँपालिकाको अध्यक्ष र सिंजा गाउँपालिकाको उपाध्यक्षमा जितेको थियो । माओवादले २०७४ मा तातोपानी,हिमा र गुठीचौर मा जितेको थियो । अहिले गुमाएको छ । काङ्ग्रेसले चनदननाथ नगरपालिका२०७४ मा जितेको थियोे अहिले स्वतन्त्र उम्मेदवारले नगरपालिकामा जितेका छन् । जुम्लामा काङ्ग्रेसले पाच वटा स्थानीय तह जितेर पहिलो पार्टी बनेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?