सियारी गाउँपालिकाको अध्यक्षमा कांग्रेस विजयी, अध्यक्षमा थानेश्वर घिमिरे र उपाध्यक्षमा तारा थारु विजयी

Read Time = 2 mins

चन्द्रकान्त खनाल
रुपन्देही ६ जठ रुपन्देहीको सियारी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस उम्मेदवार थानेश्वर घिमिरे १० हजार ४५ मत ल्याई विजयी हु्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार अयोध्या थारुले ७ हजार २ सय ६८ मत ल्याउनु भएको छ ।
त्यस्तै, उपाध्यक्षमा पनि नेपाली कांग्रेसका उम्मेदवार तारा थारु ८ हजार ९ सय ९० मतसहित विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार अमृता गुरुङले ७ हजार २ सय ६९ मत ल्याउनु भएको छ ।
त्यस्तै सियारी गाउँपालिका वडा नम्बर १ मा राप्रपाका अरुणकुमार शाही, वडा नम्बर २ मा एमालेका जनार्दन यादव, ३ मा कांग्रेसका रामचन्द्र कुर्मी विजयी हुनुभएको छ । वडा नम्बर ४ मा कांग्रेसकै श्रीराम यादव, ५ मा कांग्रेसकै धनपति खरेल, ६ मा एमालेका शेरबहादुर गुरुङ, ७ मा कांग्रेसका दीपकबहादुर शाही विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?