पोखरा । पोखरामा नेशनल फाइन आर्ट प्रदर्शनी सुरु भएको छ । शुक्रबारदेखि सुरु भएको प्रदर्शनी जेठ १५ सम्म चल्ने आयोजक नगेन आर्ट एकेडेमीले जनाएको छ । प्रदर्शनीमा सात प्रदेशका १३ जिल्लाका ४९ कलाकारका ९९ कलाकृति समावेश छन् ।
पोखरा महानगर वडा नम्बर-४ का नवनिर्वाचित वडाध्यक्ष देवकृष्ण पराजुलीले राजधानी बाहिर केही गर्ने उद्देश्यले खोलिएको नगेन आर्ट एकेडेमीको सफलताको कामना गर्दै पोखरामा कला विकासका कार्यहरू गर्ने साथै पोखरा महानगरका सामुदायिक विद्यालयहरूमा कला शिक्षालाई जोड दिने बताउनुभएको छ ।
कलाकारलाई राष्ट्रका गहना मात्र होइनन् अभिन्न अंगका रुपमा घोषणा गर्नुपर्ने माग राख्दै प्रत्येक सरकारी स्कुलमा कला शिक्षा र प्रत्येक नगरपालिका तथा गाउँपालिकामा कला विभाग हुनुपर्ने नेपाल ललितकला एकेडेमीका प्राज्ञ तथा पूर्वसभासद नगेन सिंहले बताउनुभयो ।
नगेन न्यूज पब्लिकेशन प्रालिका अध्यक्ष ज्योति हमालले राज्यले कला तथा कलाकारको सम्मान गर्न नसकेका कारण नेपालबाट कलाकार पलायन हुने अवस्था आएको बताउनुभएको थियो ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
मुलुकको साखसँग जोडिएको नेताको नाक
तिलाको नीति तथा कार्यक्रम :