गुल्मी । गुल्मीको तम्घासमा भएको एक कार्यक्रमका सहभागीहरुले विपद्जन्य दैवीप्रकोपमा राहत र उद्धारमा नेपाल रेडक्रसको महत्त्वपूर्ण भुमिका रहेको बताएका छन् । नेपाल रेडक्रस जिल्ला शाखाको ४० औं वार्षिक साधारणसभामा बोल्ने अधिकांश वक्ताहरुले यस्तो बताएका हुन् ।
त्यस अवसरमा लुम्बिनी प्रदेश सांसद डिल्लीराज भुसालले यस जिल्लामा विपद्को समयमा रेडक्रसले मानवीय सेवाका लागि महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँले रेडक्रस मानवीय सेवाले भरिएको सामाजिक संस्था भएको भन्दै विपद् र दैवीप्रकोपका घटनामा उद्धार र राहतका लागि सधै अग्रपंक्तिमा रहेको बताउनुभयो ।
रेडक्रसका पूर्व केन्द्रीय महामन्त्री पिताम्बर अर्यालले मानवीय भावना तथा सेवालाई गाउँ-घरसम्म पुर्याउनु नै रेडक्रसको अभियान रहेको बताउनुभयो । उहाँले रेडक्रसको आवश्यकता र महत्व बढ्दै गएको बताउनुभयो ।
सहभागी राजनीतिक दलका प्रतिनिधिहरुले पनि मानवीय सेवाका लागि स्थापना भएको रेडक्रसलाई राजनीतिक दृष्टिले हेर्न नहुने बताउनुभयो । उनीहरुले रेडक्रसको मर्म र उदेश्य अनुरुप तटस्थ, निष्पक्ष रुपमा मानवीय सेवामा रहनुपर्ने बताए ।
त्यस्तै, अन्य सहभागीहरुले मानवीय जीवन रक्षाका लागि रेडक्रसले आवश्यक सहयोग पुर्याईरहेको भन्दै एम्बुलेन्स सञ्चालनमार्फत थुप्रै नागरिकहरुको जीवन रक्षा गरिरहेको बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच