गुल्मीमा सहजै पुग्यो पाठ्यपुस्तक

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 5 mins

गुल्मी । यस वर्ष सहज रुपमा गुल्मीमा सामुदायिक तथा निजी विद्यालयका पाठ्यपुस्तक पुगेको छ । विगतका वर्षमा पुस्तकहरु सेटमा पर्याप्त उपलब्ध नभएकोमा यस वर्ष यहाँका स्थानीय पुस्तक तथा स्टेशनरी व्यवसायीसँग पाठ्यपुस्तक आइपुगेको बताइएको छ ।

शैक्षिकसत्रको पूर्वसन्ध्यामा नै पाठ्यपुस्तक आइपुगेको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले विद्यालयको नतिजा प्रकाशन हुनुभन्दा अगाडी नै पुस्तकहरु व्यवसायीलाई उपलब्ध गराएको नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ गुल्मी शाखाका सचिव गोपाल बस्नेतले बताउनुभयो ।

यस वर्ष पुस्तक व्यवसायीहरुको मागको आधारमा जनक शिक्षा सामग्री केन्द्रले पुस्तकहरु प्रयाप्त मात्रामा उपलब्ध गराएको छ । यस जिल्लामा पुस्तकहरुको अत्यधिक मात्रामा कारोबार गर्ने तम्घासस्थित जनता पुस्तक पसलका व्यवस्थापक समेत रहनुभएका बस्नेतले विगतमा सेटमा पुस्तक उपलब्ध नहुने र प्रयाप्त मात्रामा पनि नहुने भन्दै अहिले प्रयाप्त सेटमा पुस्तक उपलब्ध भएको बताउनुभयो ।

विद्यालयहरुले आफ्नो विद्यार्थीको संख्याको आधारमा सूची दिने हो भने पुस्तक व्यवसायीले विद्यालयमा नै पुस्तक पु¥याउन सक्ने उहाँले बताउनुभयो । अहिले समयमै पुस्तक छपाई भएको हुँदा सहज रुपमा विद्यार्थीले पुस्तक पाउन सक्ने भन्दै उहाँले नेपाल सरकारसँगै जनक शिक्षा सामग्री केन्द्रलाई धन्यवाद दिनुभयो ।

कक्षा एकदेखि चारसम्म विद्यार्थीहरु निजी विद्यालयमा धेरै हुने भन्दै महासंघका शाखा सचिव बस्नेतले सामुदायिक विद्यालयका विद्यार्थीलाई पुग्ने गरी आफ्नो अनुमानले यहाँका व्यवसायीहरुले करिब पाँच हजार सेट पुस्तकहरु पसलमा ल्याइसकेको बताउनुभयो । सामुदायिक विद्यालयको कक्षा पाँचदेखि दशसम्मका लागि सात हजार सेट आइसकेको छ। पुस्तकको लागि विगतमा जस्तो अहिले समस्या देखा नपर्ने उहाँले बताउनुभयो ।

त्यस्तै, निजी प्रकाशन गृहले प्रकाशन गरेका नेपाली र अङ्ग्रेजी माध्यमका पुस्तकहरु पनि अहिले पर्याप्त रुपमा यस जिल्लामा आइसकेका छन् । पुस्तक व्यवसायीहरुले मागेको संख्याको आधारमा पुस्तकहरु आएको सचिव बस्नेतले बताउनुभयो । विशेषगरी यहाँ विद्यार्थी, रिडमोर, वेदान्त, एकता, युनाइटेड, आठराई, ओयसिस, मेघा, टेक्सलाइनर, एसिया, सनराइज, स्वस्तिक, स्वर्णिमलगायतका प्रकाशनका पुस्तकहरु विद्यालयले लगाउने गरेको उहाँले बताउनुभयो ।

सबै विद्यालयको नतिजा प्रकाशन नभएको हुँदा विद्यार्थी भर्ना संख्या कति भन्ने थाहा नभएको भन्दै पुस्तक बिक्री धमाधम नभएको उहाँले बताउनुभयो । जुन विद्यालयबाट पुस्तकको लिस्ट आएको छ, त्यस विद्यालयमा व्यवसायी स्वयंले पुस्तक पु¥याएका छन् । जिल्लामा ४६ वटा पुस्तक तथा स्टेसनरी व्यवसायी रहेको सचिव बस्नेतले बताउनुभयो।

यस जिल्लामा सामुदायिक विद्यालयतर्फ प्राथमिक तह– २८८, निम्न माध्यमिक तह– ५९ र माध्यमिक तह ९कक्षा ९–१००– १२७ छन् । संस्थागत विद्यालयतर्फ प्राथमिक तह– २७, निम्न माध्यमिक तह–८ र माध्यमिक तह ९कक्षा ९–१००– १८ रहेको शिक्षा विकास तथा समन्वय इकाई गुल्मीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?