
जुम्ला । जुम्ला सदरमुकाम खलङ्गा बजारमा भएको कर्णाली प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिताको फाइनल खेलमा घरेलु टोली जुम्लाले जित हासिल गरेको छ।
शुक्रबार भएको खेलमा जुम्लाले हुम्लालाई चार गोलले पराजित गर्दे जुम्ला विजयी भएको जिल्ला फुटबल सङ्घका महासचिव दीपेन्द्रविक्रम हमालले जानकारी दिनुभयो ।
खेल अवधि भर हुम्लाले गोल गर्ने सकेन । खेलको निर्धारित समयमा हुम्लालाई चार गोल गर्दै जुम्ला उपाधि उचाल्न सफल भएको हो । जसमा खेल अवधिभर जुम्लाका रुविन भण्डारीले तीन गोल गर्दै ह्याट्रिक गरे । भने महेन्द्र शाहीले पेनाल्टि सुटआउटमा एक गोल गरेका थिए ।
जुम्लाका जर्सि नम्बर ७ का खेलाडी रुविन भण्डारीले ह्याट्रिक गर्दै जुम्लालाई प्रदेशस्तरीय फुटबलको उपाधि दिलाएका हुन् । उनले यो प्रतियोगिता अबधिमा ४ गोल गरेका छन् । छिमेकी जिल्ला हुम्लाले भने खेल अवधिभर गोल फर्काउन सकेन् । हार व्यवहोर्दै हुम्ला उपविजेता बनेको छ । खेलको अन्तिम समय सम्म पनि गोल फर्काउन नसक्दा हुम्लाले उपविजेतामै चित्त बुझाएको हो । उपाधी जितेको जुम्लाले प्रदेशस्तरीय फुटबलको कप, मेडल प्रमाण पत्र पाएको छ ।
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीस्वरूप प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिता यहीँ फागुन १५ गतेदेखि जिल्लामा संचालन भएको थियो । जुम्लामा पहिलोपटक आयोजना भएको प्रदेशस्तरीय फुटबल प्रतियोगितामा कर्णालीका दस जिल्लामध्ये छ वटा जिल्लाले सहभागी जनाएको जिल्ला फुटबल सङ्घका महासचिव हमालले बताउनुभयो ।
कर्णाली प्रदेश खेलकुद विकास परिषद्को आर्थिक सहयोग, प्रदेश फुटबल सङ्घ र जिल्ला खेलकुद विकास समितिको समन्वय तथा जुम्ला जिल्ला फुटबल सङ्घको आयोजनामा प्रतियोगिता जिल्लामा सम्पन्न भएको एन्फा जुम्लाका अध्यक्ष भरत बढ्थापाको भनाइ छ।
२०८१ मा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेशस्तरको खेलाडी टोली छनोट हुने जिल्ला फुटबल संघ जुम्लाले जनाएको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच