पर्यटन प्रवद्र्धनका लागि नाडाको बैठक रारामा

Read Time = 3 mins

मुगु । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको कार्यसमिति बैठक मुगुको रारामा सम्पन्न भएको छ । शुक्रबार बिहान दुई हजार नौ सय ९० मिटरको उचाइमा रहेको रारामा कार्यसमिति बैठक आयोजना गरिएको नाडाले जनाएको छ । बैठकमा नाडा अध्यक्ष ध्रुव थापाले भन्नुभयो, ‘प्रकृतिको मनोरम स्थानमा नाडाले आफ्नो कार्यसमितिको बैठक राखेर आन्तरिक पर्यटन विस्तारमा एक प्रकारको सन्देश प्रदान गर्न खोजेको हो ।

यसमा सबै पक्षको सहयोग महत्वपूर्ण रहृयो ।’ उहाँले कर्णाली साँच्चै सुन्दर रहेको तर आवश्यक पूर्वाधार विकास हुन नसक्दा पछि परेको भन्दै देशमा पूर्वाधार निर्माणमा राज्यले थप लगानी गर्दै यातायात सञ्जालमा रारालाई जोड्नुपर्ने बताउनुभयो ।

सो बैठकसँगै कर्णाली प्रदेशको कर्णाली नाडासँग पनि राराताल परिसरमा अन्तरक्रिया कार्यक्रम आयोजना भएको थियो । अन्तरक्रियामा कर्णाली नाडाका अध्यक्ष भद्र भण्डारीले यातायात पूर्वाधार निर्माणलगायत प्रदेश सरकार र केन्द्र सरकारको पहलमा ‘स्पेसल अटो जोन निर्माण’, व्यवसायीको क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन र अन्तरप्रदेशलगायतका विषयमा चर्चा गर्नुभएको थियो ।

नाडाका अध्यक्ष थापाले बजेट निर्माणको समयमा पनि धेरै विषयमा आफूहरूले सरकारलाई लिखितरूपमा सुझाव दिएको जानकारी दिनुभयो । नाडाका निवर्तमान अध्यक्ष कृष्णप्रसाद दुलालले नाडा बलियो बनाउन स्थानीयस्तरबाटै आउने समस्या समाधान गर्दै जानुपर्ने बताउनुभएको नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले जानकारी दिनुभएको छ ।

त्यसैगरी नेपालगञ्ज आसपासमा रहेका अटोमोबाइल क्षेत्रका समस्याका विषयमा शनिबार नेपालगञ्जको सिद्धार्थ होटलमा अन्तरक्रिया आयोजना गरिएको छ । कार्यक्रममा लुम्बिनी नाडाका अध्यक्ष गणेशप्रसाद भट्टराईसमेतको उपस्थिति रहेको बताइएको छ । नाडाले कर्णाली प्रदेशमा रहेर पर्यटकको ओसारपसार कार्य गर्ने पदमबहादुर रावललाई आर्थिक सहयोगसमेत गरेको छ । रावलका दुई बालबालिकाको पढाइलेखाइका लागि १५ हजार रुपैयाँ प्रदान गरिएको नाडाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?