पोखराको मेयरमा नेकपा एसका आचार्य निर्वाचित

Read Time = 2 mins

पोखरा । कास्कीको पोखरा महानगरपालिकामा गठबन्धनको तर्फबाट मेयर उम्मेदवार बन्नुभएका नेकपा एसका धनराज अचार्य निर्वाचित हुनुभएको छ । उपमेयरमा भने नेकपा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङ विजयी हुनुभएको छ ।

आचार्यले ५८ हजार ८९३ मत प्राप्त गर्दा थापाले ५२ हजार ८४८ मत पाउनुभयो ।

उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङले कांग्रेसकी कोपिला रानाभाटलाई हराउनुभयो । गुरुङले ६० हजार ५४६ मत र रानाभाटले ५६ हजार ६६३ मत ल्याउँदा तीन हजार ८८३ मतको अन्तर भयो । निर्वाचन भएको १२औं दिन बुधबार बिहान १ बजे अन्तिम मत परिणाम सार्वजनिक भएको हो ।

आचार्यले २५ वर्षदेखिको एमाले विरासतलाई भत्काउँदै मेयरमा निर्वाचित हुनुभएको हो । यसअघि थापा ०५४ मा एमालेबाट तत्कालीन पोखरा उपमहानगरपालिकाको मेयर निर्वाचित हुनुभएको थियो ।

०७४ मा एमालेकै मानबहादुर जीसी महानगरको मेयरमा निर्वाचित हुनुभएको थियो । यसअघिको निर्वाचनमा एमालेले जितेका वडासमेत यसपल्ट गुमाएको छ ।

पहिला ३३ मध्ये २२ वटा वडा जितेको एमाले यसपल्ट नौ वटामा खुम्चिएको छ । कांग्रेसले पहिला ११ वटा जितेकोमा यसपल्ट २३ वटा पुर्याएको छ ।

पोखराको वडा नम्बर २२ मा स्वतन्त्र उम्मेदवार हिमलाल बराल निर्वाचित हुनुभएको छ । उहाँ कांग्रेस र माओवादी केन्द्रको समर्थनमा चुनाव लड्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?