पदभार ग्रहण गर्दै भरतपुर महानगरपालिका मेयर रेनुको तीन निर्णय

Read Time = 2 mins

चितवन । भरतपुर महानगरपालिकाको मेयरमा दोस्रो कार्यकालका लागि निर्वाचित नेकपा माओवादी केन्द्रकी रेनु दाहालले आज(बुधबार) पदभार ग्रहण गर्नुभएको छ । पदभार ग्रहण गरेसँगै रेनुले तीन वटा महत्वपूर्ण निर्णय गर्नुभएको छ ।

भरतपुरका सरकारी अस्पतालमा अब जन्मिने नगरवासी छोरीको निःशुल्क बीमा गरिदिने उहाँले निर्णय गर्नुभएको छ । बीमा रकम एक लाख रुपैयाँको हुने र १५ वर्ष अवधिको हुने उहाँले बताउनुभयो ।

त्यस्तै, सात हजार लिटरसम्म खानेपानी उपभोग गर्ने ग्राहकको महसुल छुट गरिदिने उहाँले निर्णय गर्नुभएको छ । आगामी आर्थिक वर्षदेखि निर्णय कार्यान्वयन भएपछि महिनामा सात हजार लिटरसम्म खानेपानी उपभोग गर्ने ग्राहकलाई कुनै शुल्क नलाग्ने भएको छ ।

यस निर्णयबाट महानगरका करिब ५२ प्रतिशत ग्राहक लाभान्वित हुने उहाँको अनुमान छ । मेयर दाहालले अबको दुई वर्षभित्र भरतपुरको चौकी डाँडादेखि गोलाघाटसम्मका सबै जनतामा खानेपानीको पहुँच पुर्याउने तेस्रो निर्णय गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?