प्रमुख निर्वाचन आयुक्त थपलियाले यस्तै भाइबन्दी गर्ने हो भने पदमा बसिरहने नैतिक अधिकार छैन : नवनिर्वाचित मेयर आचार्य

हिमालय टाइम्स
Read Time = 3 mins

पोखरा । पोखरा महानगरपालिकाका नवनिर्वाचित मेयर धनराज आचार्यले निर्वाचन आयोगको बद्नियतका कारण स्थानीय तह निर्वाचनमा ठूलो संख्यामा मत बदर भएको बताउनु भएको छ ।

नेकपा (एकीकृत समाजवादी)बाट मेयर निर्वाचित आचार्यले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया संवैधानिक निकायको मर्यादामा नबसेकै कारण ५० प्रतिशतभन्दा बढि मत बदर हुन गएको भन्दै चर्को आलोचना गर्नु भएको हो ।

पोखरामा बुधबार आयोजित विजय सभामा बोल्दै नवनिर्वाचित उहाँले भन्नु भयो, ‘दिनेशकुमार थपलियाको यहीखालको रवैया, यहीखालको गतिविधि र भाइबन्दी गर्ने हो पदमा बसिरहन नैतिक अधिकार छैन । थपलियाले आफैले आफैलाई नैतिक अधिकार के हो ? भनी सोध्न जरुरी छ । तपाई संवैधानिक निकायको मर्यादामा बसिदिनोस् । निर्वाचन आयोग यति धेरै बद्नियत हुनुपर्ने थिएन । तराईका जिल्लामा ५० प्रतिशत बढी मत बदर भएको छ । तपाईंको कार्यक्षमतामाथि प्रश्न निर्वाचन आयोगमाथि उठेको छ । तपाईंले जवाफ दिनु जरुरी छ । यो खालको बद्नियत गर्न मिल्दैन ।’

उहाँले निर्वाचन आयोगको रवैया नभएको भए आफूले २७ हजार बढी मतान्तरले चुनाव जित्ने र गठबन्धनतर्फबाट उपमेयरको पनि १६ हजार बढि मतका साथ विजयी हुने दावी समेत गर्नु भयो । उहाँले अबदेखि महानगरमा भाषण भन्दा पनि समृद्ध पोखरा बनाउने गरी काम सुरु गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । अब कसरी काम अघि बढाउने भन्नेबारे क्लोज क्याम्प गर्ने योजना पनि मेयर आचार्यले सार्वजनिक गर्नु भयो । ३ दिन/२ रातको सो क्लोज क्याम्पमा पोखराका ३३ वटै वडाका वडाध्यक्ष, मेयर, उपमेयर, महानगरका प्रमुख प्रशासकीय अधिकृत, महानगरका विभिन्न विभागीय प्रमुखको मात्र उपस्थिति हुने र पोखरा बनाउन घनिभूत छलफल गर्ने उहाँको भनाई थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?