प्रशंसालाई टेनिसमा रजत

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाली खेलाडी प्रशंसा मोक्तानले प्रथम कतार एसियाली जुनियर यु-१४ टेनिस प्रतियोगिताको सर्किट-२ मा रजत पदक जित्नुभएको छ । प्रशंसाले गल्र्स सिंगल्स स्पर्धामा रजत पदक जित्नुभएको हो ।

कतारको दोहास्थित खलिफा इन्टरनेसनल टेनिस एन्ड स्क्वास कम्प्लेक्समा भएको फाइनलमा प्रशंसा रुसकी एलेक्जेन्ड्रासँग ६-२ र ६-३ को सोझो सेटमा पराजित हुनुभयो । सर्किट-१ मा पनि प्रशंसा एलेक्जेन्ड्रासँगै २-० को सिधा सेटमा पराजित हुँदै रजतमा सीमित हुनुभएको थियो । सर्किट-१ मा भने प्रशंसाले गल्र्स डबल्समा पनि रजत जित्नुभएको थियो । सर्किट-२ को डबल्समा प्रशंसा पहिलो चरणबाटै बाहिरिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?