-प्रकाश न्यौपाने
नवलपरासी । जनता प्रगतिशील पार्टीका अध्यक्ष तथा सांसद हृदेयश त्रिपाठीले स्थानीय तहको निर्वाचनबाट दलीय व्यवस्था हटाउनुपर्ने बताउनु भयो ।
हालै भएको स्थानीय तहको निर्वाचनमा काठमाडौँ, धरानलगायतका निर्वाचन क्षेत्रको उदाहरण दिँदै उहाँले सुशासनका लागि पनि यो आवश्यक भएको बताउनु भयो । उहाँले देशलाई भ्रष्टाचार मुक्त बनाउनका लागि दलीय व्यवस्था बाधक भएको बताउँदै दलिय व्यवस्थाका कारण स्थानीय तहमा भ्रष्टाचारले थप प्रशय पाएको बताउनु भयो । देशलाई सुशासनको बाटोमा डोर्याउन पनि स्थानीय तहमा निर्दलिय बनाउनु पर्ने उहाँको जोड थियो ।
स्थानीय तह निर्वाचनमा दलविहीन भयो भने जनताले सही व्यक्तिलाई चुन्न पाउने उहाँको भनाइ थियो ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
मुलुकको साखसँग जोडिएको नेताको नाक
तिलाको नीति तथा कार्यक्रम :