भ्वाइस अफ नेपालको टाइटल स्पोन्सरमा पल्सर

Read Time = 1 min

काठमाडौं । द भ्वाइस अफ नेपाल सिजन-४ को टाइटल स्पोन्सरमा बजाज पल्सर अनुबन्ध भएको छ । बिहीबार काठमाडौं मा आयोजित कार्यक्रमबीच बजाज पल्सर गोल्छा ग्रुपका प्रबन्ध निर्देशक अभिमन्यु गोल्छा र भ्वाइस अफ नेपालतर्फबाट हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसाल एवं कार्यकारी निर्देशक श्याम कँडेलबीच टाइटल स्पोन्सरसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।

टाइटल स्पोन्सरका रूपमा अनुबन्धसँगै द भ्वाइस अफ नेपालको शृंखलालाई ‘बजाज पल्सर प्रिजेन्ट्स द भ्वाइस अफ नेपाल सिजन ४’ का रूपमा उल्लेख गरिनेछ ।
नेपालको युवापुस्तामा अति नै लोकप्रिय भ्वाइस अफ नेपालको टाइटल स्पोन्सरमा अनुबन्ध हुन पाउनु पल्सरका लागि गौरवको विषय भएको अभिमन्यु गोल्छाले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?