काठमाडौं । टिम रेड र आयोजक मनास्लु प्रथम मनास्लु एसइइ कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगितामा च्याम्पियन बनेको छ । टिम रेड ब्वाइज तथा मनास्लु गल्र्समा पहिलो भएका हुन् ।
ब्वाइज फाइनलमा टिम रेडले ज्ञान टाइगरलाई १३-९ ले पराजित गर्यो । टिम रेडका रोबन तामाङले ६ स्कोर गर्नुभयो । गल्र्सको उपाधि भिडन्तमा मनास्लुले नयाँ बजारस्थित घरेलु कोर्टमा आइएसलाई १६-१० ले हरायो । विजेताकी विनामणि योञ्जनले ७ स्कोर गर्नुभयो । ब्वाइज/गल्र्समा पहिलो हुनेले १० हजार र दोस्रोले सात हजार नगद पुरस्कार हात पार्नुभयो । फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय रोबन र विनामणि ‘मोष्ट भेलुएबल प्लेयर’ घोषित हुनुभयो ।
विजेतालाई राष्ट्रिय बास्केटबल खेलाडी रविन खत्री, मनास्लुका कार्यकारी निर्देशक जेबी दवाडी, मनास्लुकी प्रिन्सिपल सुचिता शाक्य, मनास्लुका अत्तिरिक्त क्रियाकलाप प्रमुख अमृत अधिकारी, रामेछाप जिल्ला बास्केटबल क्लबका अध्यक्ष सुनिल योञ्जनलगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो । दुई दिने प्रतियोगिताको ब्वाइजमा ३५ र गल्र्समा पाँच टिम सहभागी हुनुहुन्थ्यो ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
तिलाको नीति तथा कार्यक्रम :
हाम्रो मौलिकता हाम्रो गीतसंगीतको मूल