काठमाडौं महानगरका मेयर र उपमेयरद्वारा पद तथा गोपनियताको सपथ ग्रहण

Read Time = 1 min

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन)ले पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको छ । मुख्य निर्वाचन अधिकृत काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार खतिवडाले मेयर साहलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको हो ।

मेयर साहले सुरुमा नेपाली र नेपाल भाषामा सपथ लिनुभएको छ । त्यस्तै, नवनिर्वाचित उपमेयर सुनिता डंगोलले समेत पद तथा गोपनियताको सपथ ग्रहण लिनु भएको छ ।

उपमेयर डंगोललाई मेयर साहले सपथ ग्रहण गराउनु भएको हो । उपमेयर डंगोलले भने नेपाल भाषामै सपथ लिनुभएको छ । मेयर साहले नेपाली भाषामा सपथ ग्रहण गराउँदा डंगोलले नेपाल भाषामा सपथ लिनुभएको हो ।

मेयर साहले काठमाडौं महानगरपालिकाका नवनिर्वाचित वडाध्यक्ष, नगर कार्यसमिति सदस्यहरूलाई समेत पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?