तिनपैनीमा पनि डिसहोम फाइबर नेटको सोरुम

Read Time = 1 min

विराटनगर । नेपालभर इन्टरनेट सेवा विस्तार गरिरहेको डिसहोम फाइबर नेटले विराटनगरको तिनपैनीमा पनि सह–वितरण सोरुम सञ्चालनमा ल्याएको छ । डिसहोम फाइबर नेट बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको उक्त सोरुमको सञ्चालन ग्लोबल पावर पोइन्टले गर्ने भएको छ ।

सोरुम उद्घाटन कार्यक्रममा डिसहोमका पूर्वी क्षेत्रीय सेल्स म्यानेजर विपिन्द्र न्यौपाने र सेल्स अफिसर शिव निरौलाको उपस्थिति रहेको थियो भने डिलरतर्फबाट अमिताभ महेश्वरीलगायत विराटनगर महानगरपालिकाका डिलर दाइहरूको उपस्थिति रहेको कम्पनीले जनाएको छ ।

दुई हजारभन्दा धेरै ग्राहकलाई डिसहोम फाइबर नेटको सेवा उपलब्ध गराइसकेको ग्लोबल पावर पोइन्टले अब अझ बढी ग्राहकमाझ पुग्न पनि नयाँ सोरुमबाट सहयोग पुग्ने ग्लोबल पावर पोइन्टका सञ्चालक सुवास रिजालले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?