ग्लोबल बैंकका ग्राहकलाई दराज ११ः११ मा छुट

Read Time = 1 min

काठमाडौं । ग्लोबल आइएमई बैंकका ग्राहकले लोकप्रिय अनलाइन सपिङ प्लेटफर्म दराजले सार्वजनिक गरेको ‘दराज ११ः११ अफर’ मा २० प्रतिशतसम्म छुट पाउने भएका छन् । योजनाअन्तर्गत ग्राहकले ग्लोबल आइएमई बैंकको भिसा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराज अनलाइनमार्फत् सामान खरिद गर्दा १५ देखि २० प्रतिशतसम्म छुट पाउनेछन् ।

बैंकको डेबिट कार्ड प्रयोगकर्ताले १५ प्रतिशत वा २५ सय रुपैयाँसम्म र क्रेडिट कार्ड प्रयोगकर्ताले २० प्रतिशत वा तीन हजार रुपैयाँसम्म छुट पाउनेछन् । छुटका लागि बैंकका कार्डबाहक ग्राहकले दराज एपबाट ग्लोबल आइएमई बैंकको छुट भौचर लिनुपर्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?