‘हुक्का’को पोष्टर सार्वजनिक

Read Time = 2 mins

काठमाडौं । चलचित्र ‘हुक्का’को पोष्टर सार्वजनिकगर्दै सिनेमाघरमा आउने मिति तय गरिएको छ । चलचित्रको आगामी चैत ३ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको हो । अंग्रेजी नाम ‘एन अब्जर्ड ड्रिम’ राखिएको सिनेमाको फष्र्टलुक पोष्टरमा अभिनेत्री प्रमिला खनाल, प्रकाश घिमिरे र तेज गिरी फिचर्ड हुनुहुन्छ ।

स्पाइनी बाबलर क्रिएसनले हृयासट्याग नेपालसँग सहकार्यमा निर्माण भएको चलचित्रलाई शम्भु थापाले निर्देशन गर्नुभएको हो । चलचित्रमा प्रमिला, प्रकाश र तेजका अलवा अशु न्यौपाने, तलिशा गुरुङ, निश्चल विमल, एलिसा विक र सन्तोषकुमार आत्रेयको पनि अभिनय छ ।

प्रयत्न श्रेष्ठको शब्द तथा संगीत, युजिन राई र संगीतकार श्रेष्ठको स्वर, सन्तोषकुमार आत्रेयको कथा, लेखक आत्रेय र भगवान पौडेलको पटकथा तथा संवाद, विष्णुप्रसाद बास्तोलाको भीएफएक्स, राजेन्द्र मोक्तानको कलर करेक्सन, दीर्घ खड्काको सम्पादन र कृष्णबहादुर थापाको छायांंकन छ ।

चलचित्रमा श्याम लामाको शृंगार, भीम श्रेष्ठको भेषभूषा, शेरमान जिसीको निर्माण नियन्त्रण, गोरे याङ्देनको सहायक छायांकन, भुपेन्द्र ढकालको कला, भुपेन्द्र ढकाल, सागर गोदार क्षेत्री र सुयोग आत्रेयको सहायक निर्देशन, भगवान पौडेल (मीठो कम्पन)को मुख्य सहायक निर्देशन, सञ्जीव शाहको पाश्र्व ध्वनि, उत्तम न्यौपाने क्यासको ध्वनी मिश्रण छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?