चुरे संरक्षण अभियन्ता नागदेव यादव सरकारबाट सम्मानित

हिमालय टाइम्स
Read Time = 2 mins

महा‍ेत्तरी ।  चुरे संरक्षणमा योगदान पुर्‍याएबापत नागदेव यादव नेपाल सरकारबाट सम्मानित हुनुभएको छ ।

राष्ट्र गौरव एवं नेपाली जनताको हित अभिवृद्धिमा उल्लेखनीय योगदान पुर्‍याएबापत यादवलाई जनसेवा श्री पन्चम श्रेणीद्वारा विभूषित गरिएको हो । चुरे संरक्षणमा पुर्‍याए योगदानको मूल्यांकन गर्दै नेपाल सरकारले राष्ट्रिय पुरस्कारबाट विभूषित गरेको हो ।

पुरस्कारले चुरे संरक्षणमा लाग्न थप हौसला प्रदान गरेको बताउँदै चुरे संरक्षण विज्ञसमेत रहेका यादवले भन्नुभयो–'हामीले गरेको अभ्यास वास्तवमै सरकारले उत्कृष्ट ठहर्‍याएको छ ।' जलवायु परिवर्तन तथा चुरे विनाशले मधेशको जनजीविकामा पारेको असरलाई मध्यनजर गर्दै यादवले विपन्न वर्गहरुलाई बगरमाथि खेती लगाउन सिकाउँदै आउनु भएको छ ।

उनकै सहयोगले बाढीले  बगर बनाएको नदीको तटीयक्षेत्रमा तरकारीदेखि अन्य नगदे बाली उत्पादन गर्न थालिएको छ । भूमिहीन किसानहरुलाई पहिचान गरि गौशालाको कुस्मारी, बर्दिबास, भंगाहा धनुषाको बट्टेश्वर र मिथिला अनि सिरहाको कर्जन्हा नगरपालिकामा बगरमा खेती गरिएको छ ।

-विशाल बस्नेत 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?