चुनावपछि बैंकमा निक्षेप बढ्यो

Read Time = 1 min

काठमाडौं । स्थानीय तहको निर्वाचनपछि वाणिज्य बैंकहरूमा निक्षेप थपिनेक्रम बढेको छ । वाणिज्य बैंकहरूमा जेठ महिना सुरु भएपछि कुल निक्षेप १३ अर्बले बढेको छ भने कर्जा लगानी सात अर्बले बढेको छ । नेपाल बैंकर्स संघले मंगलबार प्रकाशित गरेको तथ्यांकअनुसार जेठ १३ गतेसम्म कुल निक्षेप छ अर्बले बढेर ४३ खर्ब ८३ अर्ब पुगेको छ ।

अघिल्लो जेठ ६ गतेसम्म कुल निक्षेप बढेर ४३ खर्ब ७७ अर्ब पुगेको थियो । वैशाख मसान्तसम्म उक्त निक्षेप ४३ खर्ब ७० अर्ब थियो । त्यसैगरी जेठ १३ गतेसम्म कुल कर्जा लगानी चार अर्ब बढेर ४१ खर्ब ९८ अर्ब पुगेको छ । जेठ ६ गतेसम्म कुल कर्जा लगानी ४१ खर्ब ९४ अर्ब थियो भने वैशाखसम्म कर्जा लगानी ४१ खर्ब ९१ अर्ब थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?