नेदरल्यान्ड्समाथि वेस्ट इन्डिजको जित

Read Time = 2 mins

आम्सर्डम । विकेटकिपर शाइ होपको शतकमा वेस्ट इन्डिजले नेदरल्यान्ड्सलाई पहिलो ओडिआई खेलमा ७ विकेटले पराजित गरेको छ । योसँगै तीन ओडिआई खेलमा वेस्ट इन्डिजले १-० को अग्रता लिएको छ ।

जितका लागि २४७ रनको विजयी लक्ष्य पछ्याएको वेस्ट इन्डिजले ४३.१ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । वेस्ट इन्डिजका लागि शाइ होपले १ सय ३० बलमा १२ चौका र २ छक्कासहित ११९ रन बनाउनुभयो । यस्तै ब्रेन्डन किंग ५१ बलमा ५ चौका र २ छक्कासहित ५८ रनमा अविजित रहनुभयो ।

पहिलोपटक कप्तानी गर्नुभएका निकोलस पुरन ७, शमराह बु्रक्स ६७ बलमा ३ चौका र २ छक्कासहित ६० रनमा आउट हुनुभएको थियो । नेदरल्यान्ड्सका लोगन भ्यान बिकले २ विकेट लिनुभयो ।

त्यसअघि घरेलु टोली नेदरल्यान्ड्सले टस हारेर पहिला ब्याटिङ गर्दै ४५ ओभरमा ७ विकेटको क्षतिमा २४० रन बनाएको थियो । नेदरल्यान्ड्सका लागि तेजा निडामनुरुले ५१ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ५८ रन बनाउनुभयो ।

त्यसबाहेक विक्रमजित सिंह ४७, म्याक्स ओडाउडले ३९, मुसा अहमद १३ र लिडे १७ रनमा आउट हुनुभयो । वेस्ट इन्डिजका काइल मेयर्स र अकिल हुसैनले २-२ विकेट लिनुभयो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?