पोखरा । पोखरा महानगरपालिका(१८ को वडाध्यक्षमा ३ मतले चुनाव हारेपछि एमालेका उम्मेद्वार पुस्कलबहादुर थापाले मुद्दा दर्ता गराउनु भएको छ ।
थापाले चुनावमा खसेको मतभन्दा ९ मत कम भएको भन्दै त्यसको खोजी गरिदिन मुद्दा हाल्नुभएको हो । उहाँले निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय, मुख्य निर्वाचन अधिकृत र नव निर्वाचित वडाध्यक्षलाई विपक्षी बनाएर मुद्दा हाल्नुभएको छ ।
यो वडामा कांग्रेसका शिव तिमिल्सिनाले ३ मत अन्तरले चुनाव जित्नुभएको थियो । ५ हजार ८ सय ४३ मतदाता मध्ये यहाँ ४ हजार ३ सय ४८ मत खसेको थियो । गणनाका क्रममा ४ हजार ३ सय ३९ मत मात्र भेटिएको थियो । मतपत्र सर्टिङ गर्ने क्रममा नै ९ मत गायव पारिएको थापाको आरोप छ ।
थापाले गणना सकिएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुनस् गणनाको माग सहित निवेदन दिनुभएको थियो । तर पुनः गणना हुन सकेन ।
'हारजित स्वभाविक हो । लोकतन्त्रमा निर्णय मान्नुपर्छ' उहाँले भन्नुभयो 'तर खसेको मत त देखाउनुपर्यो नि । खसेको ९ मतको जवाफ चाहियो ।' उहाँले सत्य तथ्य छानबिन गरेर पुनः मतगणनाको माग राख्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच